Wednesday 1st April 2026

प्रधानमन्त्री ओली स्वाथ्य परीक्षणका लागि आज सिंगापुर जाँदै


प्रधानमन्त्री केपी शर्मा ओली स्वाथ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गर्दैछन् । उनी सिल्क एयरको उडानबाट राति पौने १० बजे सिंगापुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनी स्वाथ्य परीक्षणको सिलसिलामा एक साता विदेशमै रहनेछन् । गत साता छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य जाँच गराउँदा रगतमा क्रेटिनाइन बढी देखिएकाले चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि सिंगापुर जान लागेका उनको सचिवालयले जनाएको छ ।

धपेडीका कारण पनि प्रधानमन्त्रीको स्वाथ्यमा समस्या भएको भन्दै आराम गर्न समेत चिकित्सकले सुझाव दिएका छन् । उनको उपचार सिंगापुरको सरकारी युनिभर्सिटी अस्पतालमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...