Friday 14th November 2025

मेलम्ची आयोजनाको पाइप सफा गर्ने क्रममा २ जना मजदुरको मृत्यु


तितोपाटी – काठमाडौंको बालाजुमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ । शुक्रबार बिहान ०९ः५० बजे काठमाडौँ महानगरपालिका–१६, बालाजु चोकस्थित मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा निसास्सिएर उनीहरुको ज्यान गएको हो।

मृत्यु हुनेमा सप्तरी कनकपट्टीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साह रहेका छन् । मृतकहरु सहोदर दाजुभाइ हुन्। । पाइपमा बेहोस भएका उनीहरुलाई उद्धार गरी महारागन्जस्तिथ शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा दुवैको मत्यु भएको प्रहरीले बताएको छ ।

पाइप सफा गर्न सडकमा रहेको मूख्य सुरुङबाट छिरेका उनीहरू त्यही अड्किएका थिए। धेरै बेर सम्म पनि बाहिर ननिस्किएपछि डोजर लगाएर खनेर दुवैलाइ निकालिएको हो।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...