Wednesday 1st April 2026

मोरङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी


तितोपाटी- कारागारलाई सुधार गृहका रुपमा रुपान्तरण गर्ने अवधारणा ल्याइए पनि अपुग र अव्यवस्थित भौतिक संरचनाका कारण कैदीबन्दी कष्टकर जीवन बिताउन बाध्य छन् ।

त्यसैमध्ये विराटनगरस्थित मोरङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राख्दा जीवनयापन पीडादायक बनेको हो ।विराटनगरस्थित मोरङ कारागारमा जीर्ण भौतिक संरचना र सुरक्षा चुनौतीका बाबजुत क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएपछि समस्या भएको छ ।

तीन बिघाको क्षेत्रफलमा फैलिएको कारागारमा ३ सय जना कैदीबन्दी राख्न मिल्ने भए ८ सय ६४ कैदीबन्दी राखिएको छ ।विसं २०४५ सालमा निर्माण भएको कारागार जीर्ण बन्दै गइरहेको छ तर कैदीबन्दी दिनँहु थपिएका कारण ठेलम्ठेल गरेर राख्नुपर्ने बाध्यता भएको मोरङ कारागारकी निमित्त प्रमुख कल्पना श्रेष्ठको भनाइ छ ।

कारागारको पुनर्संरचना नहुँदा चर्किएको भवनमै कैदीबन्दी खचाखच राखिएकाले कैदीबन्दीहरुलाई सुत्न, बस्न, हिंडडुल र शौचालय गर्न समस्या हुने गरेको छ ।जसका कारण कैदीबन्दीमा स्वास्थ्य समस्या बढ्न थालेकाले अस्पताल लैजानुपर्दा सुरक्षा चुनौती थपिएको कारागारका इन्चार्ज पाचुलाल चौधरी बताए ।

क्षमताभन्दा बढी राखिएका कारण कैदीबन्दीमा श्वासप्रश्वास,मानसिक ,छालालगायतका स्वास्थ्य समस्या बढ्दै गएका प्रशासनको भनाइ छ ।अन्य जिल्लाका बिरामी कैदीबन्र्द पनि यहीँ ल्याइने भएकाले चाँप थेगिनसक्नु हुन पुगेको हो ।कारागारमा २ सय ५० पुरुष कैदीबन्दी बस्ने क्षमता भएकामा ७ सय ६७ र ५० महिला बस्नेमा ९७ जना बालबालिका बस्दै आएका छन् ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...