Thursday 12th March 2026

नेपालमा भइरहेको धर्मान्तरणविरद्ध विश्वभरीका हिन्दु एकजुट हुने


तितोपाटी- तीन बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै विश्व हिन्दु महासंघ र ग्लोबल हिन्दु फेडेरेसनको संयुक्त आयोजनामा सुरु भएको दुई दिने अन्तराष्ट्रिय गोष्ठी सम्पन्न भएको छ ।

जागौँ र उठौँ भन्ने मुख्य नारा बोकेको हिन्दु वौद्धिक नेताहरुको सम्मेलनमा मित्र राष्ट्र भारतबाट भारतीय जनता पार्टीका नेता तथा सांसद डा. सुब्रमनियम स्वामी प्रमुख अतिथि रहेका थिए ।कार्यक्रममा पूर्व सांसद तथा लेखक तरुण विजयसँगै भारत, बेलायत, बंगलाशेर, इण्डोनेसिया, मोरिसस्, मलेसिया, साउदी अरेयिबा लगायतबाट पाहुनाहरु सहभागी थिए ।

सम्मेलनमा संसारको एक मात्रै हिन्दु अधिराज्यको पहिचान भएको देश नेपालमा दिनानुदिन बढ्दै गएको धर्मान्तरण र यसले निम्त्याउने चुनौतीका बारेमा छलफल भएको थियो ।

सम्मेलनले नेपाल लगायत विश्वका विभिन्न मुलुकमा मिसिनरीद्वारा बढ्दै गएको धर्मान्तरण विरुद्धमा एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ ।सम्मेलनले नेपालमा भइरहेको धर्मान्तरणलाई रोक्न संसारभरीका हिन्दुहरु एकजुट भई निरन्तर रुपमा नेपाललगायत विभिन्न मुलुकहरुमा हिन्दुव्त र पूर्वीय दर्शनको विषयमा रचनात्मक कार्यक्रमहरु गर्ने तथा यसै वर्ष हिन्दु युवाहरुको अन्तर्राष्ट्रिय गोष्ठी नेपालमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै हिन्दु वौद्धिक नेताहरुको गोष्ठी मलेसियाको कोलालम्पुरमा यही वर्ष हुने र नेपाल लगायतका देशको सक्रिय सहभागीता जनाउने निर्णय पनि सम्मेलनमा भएको छ ।त्यस्तै विश्व हिन्दु महासंघ र ग्लोबल हिन्दु फेडेरेसनकाबीचमा साझा संयुक्त कार्यक्रम गर्नका निम्ति महासंघका निमित्त अध्यक्ष प्रमोद कुमार चौरडिया र फेडेरेसनका अध्यक्ष दातु प्रदिप कुबरेजाबीच एकता प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत भएको छ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...