Wednesday 28th January 2026

२ करोड ठगी आरोपमा दरबारमार्गस्थित डेजाभु क्लबका अध्यक्ष श्रेष्ठ पक्राउ


तितोपाटी- दरबारमार्गस्थित डेजाभु क्लबका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन्।इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।

मनोजले विश्वराम श्रेष्ठसँग लिएको २ करोड रुपैयाँ तिर्न भनेर दिएको चेक बाउन्स भएको थियो। चेक बाउन्स भएपछि उनले महानगरीय प्रहरी परिसर काठमाडौंमा गत पुस १३ गते बैंकिङ कसुरमा उजुरी दिएका थिए। विश्वरामको उजुरीपश्चात् श्रेष्ठ फरार भएका थिए।

फरार श्रेष्ठलाई पक्राउ गर्न गत माघ १५ गते इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएको थियो। इन्टरपोल माइन्ट डिभाइसका आधारमा उनी सोमबार पक्राउ परेका हुन्। कारबाहीका लागि श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हङकङबाट क्याथे ड्रागनको उडानमार्फत नेपाल आएका उनलाई पक्राउ गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...