Thursday 5th February 2026

प्रचण्ड ५ दिनका लागि परिवारसहित युएईतर्फ


तितोपाटी- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् ।

अध्यक्ष दाहाल मंगलबार बिहान पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन् । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यो भ्रमण गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । ५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको पनि बताइएको छ ।

अध्यक्ष दाहालले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराएका थिए ।प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको पनि स्वास्थ परीक्षणका लागि आगामी शनिबार सिंगापुर जाने कार्यक्रम तय गरिएको छ ।अध्यक्षद्वय ओली र दाहाल विदेश भ्रमणमा निस्कने भएपछि पार्टी सचिवालय बैठक पनि दुई हप्तापछि सारिएको छ ।


सम्बन्धित शीर्षकहरु

राजन रिमाल - चुनाव नजिकिँदै जाँदा नेताहरू फेरि गाउँ–गाउँ देखिन थालेका छन्। मञ्चमा नाचगान, फूलमाला, दण्डवत् र फोटो सेसनको भीड…

यात्री समाज कुवेतले प्रवासमा रहेर पनि मातृभूमिप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नेपालमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको…

भारत–अमेरिका व्यापार सम्झौता : ऐतिहासिक मोड किन? सोमबार (फेब्रुअरी २, २०२६) भारत र संयुक्त राज्य अमेरिका बीच भएको नयाँ व्यापार…

प्रतिकृयाहरू
...