Thursday 5th February 2026

राप्रपाले गर्यो एकताको आह्वान


तितोपाटी- कमल थापा नेतृत्वको राप्रपाले अर्काे पार्टी राप्रपा (संयुक्त)ले गरेको एकतासम्बन्धी निर्णयको स्वागत गर्दै अविलम्ब एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अन्य राष्ट्रवादी दलहरुलाई आह्वान गरेको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई महसुस गर्दै अविलम्ब एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अन्य राष्ट्रवादी दलहरुलाई आह्वान गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।साताअघि बसेको राप्रपा (संयुक्त)को बैठकले राप्रपासँग एकता गर्नका लागि अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीलाई जिम्मेवारी प्रदान गरेको थियो ।

बैठकले २०७७ साल जेठमा केन्द्रीय महाधिवेशनको आयोजना निर्णय गरेको जानकारी दिँदै पाठकले माघ महिनाबाट स्थानीय तहदेखिका परिषद बैठकको आयोजना र महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन राप्रपाले पार्टीले सरकार समक्ष बुझाएको २२ बुँदे मागहरु पुरा गराउन पनि ध्यानाकर्षण गराएको छ।

यस्तै श्रावण २४ र २५ गते केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, भाद्र महिनाभित्र सम्पूर्ण जिल्लाहरुमा जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, २०७७ आश्विन महिनाभित्र सम्पूर्ण गा.पा. र न.पा. हरुमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।


सम्बन्धित शीर्षकहरु

राजन रिमाल - चुनाव नजिकिँदै जाँदा नेताहरू फेरि गाउँ–गाउँ देखिन थालेका छन्। मञ्चमा नाचगान, फूलमाला, दण्डवत् र फोटो सेसनको भीड…

यात्री समाज कुवेतले प्रवासमा रहेर पनि मातृभूमिप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नेपालमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको…

भारत–अमेरिका व्यापार सम्झौता : ऐतिहासिक मोड किन? सोमबार (फेब्रुअरी २, २०२६) भारत र संयुक्त राज्य अमेरिका बीच भएको नयाँ व्यापार…

प्रतिकृयाहरू
...