Wednesday 1st April 2026

ओढारमा लुकाइराखेको १६ किलो सुन बरामद


काठमाडौं – गोरखा प्रहरीले ओढारमा लुकाइराखेको १६ किलो सुन बरामद गरेको छ। गोरखा धार्चेको एक ओढारबाट उक्त सुन बरामद गरिएको प्रहरीले जनाएको छ। २७ दिन अघिदेखि हराइरहेका माछाखोलाका धनकमल गुरुङ बुधवार पक्राउ परेपछि उक्त सुन फेला परेको हो।

तिब्बतबाट ल्याएको सुन लुटेरा समूहले लुट्न खोजेपछि धनकमलले नै ओढारमा लुकाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। तीब्बतबाट खच्चरमा सुन  ल्याएको सुचना पाएपछि लुटेराको एउटा समूहले लुट्न खोजेको थियो। त्यसपछि उक्त सुन धनकमलले ओढारमा लुकाइएको प्रहरकिो अनुमान छ। त्यसपछि उनी सम्पर्कबिहिन थिए। उनले आफू अपहरणमा परेको नाटक गर्दै आएका थिए।

परिवारको सम्पर्कमा रहने तर प्रहरी सम्पर्कमा नरहेका कारण सुन कारोवारमा धनकमलको संलग्नता रहेको आशंका प्रहरीको थियो। २६ दिनपछि धनकमल पक्राउ परेपछि तिब्बतबाट ल्याइएको सुन भेटिएको हो। तीन सातादेखि प्रहरीले धनकमलसहित सुन आएको भन्ने सुचना अनुसार खोजी गरिरहेको थियो।

-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...