Friday 20th March 2026

पाैष्टिकताले भरपुर लहरे आँप(Passion Fruit) एक जानकारी


आर. बि. बुढाथोकी – प्यासन फ्रुटलाई नेपालमा लहरे आँप वा षड्रस भनिन्छ । विश्वभरका धेरै देशमा यसको खेती गरिन्छ । यो फल दक्षिण अमेरिकाको रैथाने वनस्पति हो । ब्राजिलबाट श्रीलंका, इन्डोनेसिया र भारत हुँदै यो फल नेपाल छिरेको हो । नेपालका लागि व्यावसायिक दृष्टिकोणले हेर्दा यो नौलो फल हो । नुवाकोटको सुन्दरादेवीका केही किसानले प्यासन फ्रुटको खेती गरेता पनि व्यावसायिक रूपमा यो अघि बढ्न सकेको छैन ।

लहरामा फल्ने भएकाले यसलाई भाइन म्यांगो पनि भनिन्छ । यसको नाम आँप भए पनि यो फल साधारण आँपभन्दा फरक हुन्छ ।  लहरे आँपको फूल निकै आकर्षक अर्थात् रंगीन हुन्छ । पर्पल र ट्रोपिकल गरी यी दुई किसिमका हुन्छन् । ट्रोपिकल जातको लहरे आँप पर्पलभन्दा छिटो फुल्छ र फल दिन्छ । एकपटक रोपेपछि पाँचदखि सात वर्षसम्म यसले उत्पादन दिइरहन्छ ।

काँचो लहरे आँपमा ७२ प्रतिशत पानी, २२ प्रतिशत कार्बोहाइड्रट, २ प्रतिशत प्रोटिन र ०.७ प्रतिशत चिल्लोपदार्थ हुन्छ । सामान्यतया, १८ ग्राम लहरे आँपमा १७ क्यालोरी भिटामिन सी ९ ग्राम, भिटामिन ए ८ ग्राम तथा फाइबर, आइरन र पोटासियम २–२ ग्राम हुन्छ ।

लहरे आँपलाई बीचमा आधा काटेर स्कुप या चम्चाले गुदी निकालेर खान मिल्छ । यसबाट विभिन्न जुस, लस्सी, ड्रिंक्स, मक्टेल्स बनाउनुका साथै अनेकथरीका रंगीन केक तथा डेसर्टका आइटम बनाउन सकिन्छ ।  केक सजाउन यो फल अति उपयोगी मानिन्छ । प्यासन केक निकै प्रसिद्ध छ । प्यासनको मुस केक पनि स्वादिष्ट मानिन्छ । यो फललाई सलादको रूपमा समेत प्रयोगमा ल्याइन्छ । युरोपेली खानामा यो फल एक अभिन्न अंगको रूपमा छ । लहरे आँपको गुदी र दही मिसाएर प्रसिद्ध डिं«क्स बन्छ, जसलाई प्यासन कर्ड भनिन्छ । यो फल महँगो भएता पनि स्वास्थ्यका हिसाबले फाइदाजनक मानिन्छ ।

नोटः लेखक हाल सोल्टी क्राउन प्लाजा होटलमा सु-सेफ छन् भने विगतमा कुवेतमा रहँदा तितोपाटीसँग सम्बध्द भएर कलम चलाउँथे ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...