Wednesday 1st April 2026

गुल्मीको सत्यवति गाउँपालिकामा पहिरोमा परि ११ को मृत्यु


तितोपाटी- गुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या पुगेको छ । अविरल बार्षा सँगै आएको पहिरोले घर बगाउँदा जिल्लाको सत्यवती गाउँपालिकाको वडा ३ ठूलोलुम्पेक र वडा ४ लिम्घामा पहिरोले घर बगाउदा मृत्यु हुनेको संख्या ११ पुगेको हो ।

सत्यवती गाउँपालिकाका विभिन्न ठाउँमा गरी ११ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिए । सत्यवती गाउँपालिका वडा ४ लिम्घामा ४ घर बगाउदा ९ जनाको शव फेला परेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । उनले भने- ‘आज विहानसम्म ६ जनाको शव भेटिएको थियो अहिले मध्यान्न सम्ममा ११ जनाको मृत्यु भएको छ, थप ५ जना मृतकको भने पहिचान हुन सकेको छैन ।’ चार घरमा कति जना थिए र अन्यको अवस्थाको बारेमा नखुलेको ढकालले बताए । उद्धारका लागि स्थानीयको टोली लागेको र प्रहरीको टोली पनि पुग्न लागेको उनले बताए ।

यसअघि पहिरोमा परेर मृत्यु हुने लुम्पेगकी ३२ वर्षिय तिलकुमार त्रामु, उनको नौ वर्षका छोरा दर्शन त्रामु, सोही गाउँपालिकाका वडा नम्बर ४ लिंघाका ६५ वर्षिया छल्ली विक, २८ वर्षिया पम्फा विक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकको पहिचान खुलिसकेको छ ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको र यर्थात् विवरण त्यस पश्चात आउन सक्ने जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार उद्धारका लागि प्रहरीको टोली संगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पुगेको जानकारी दिए ।

साभार- न्युज 24 नेपाल


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...