Thursday 24th September 2026

आइडल विजेता रवि ओडको नयाँ गीत ‘उजाड यो’सार्वजनिक(भिडियो सहित)


तितोपाटी -सुमधुर स्वरका धनी नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक भएको छ । रवि ओड र प्रविशा अधिकारीले स्वरमा रहेको ‘उजाड यो’ बोलको नयाँ गीत बिहीबार मात्रै युट्युबमा सार्वजनिक भएको हो ।

बालकृष्ण न्यौपानेले लेखेका यो गितलाई अझै मिठो बनाउन सुनिल राइले संगीत दिएका छन् । यस गितको भिडियोमा मनै लोभ्याउने खालका सिनहरु देख्न सकिन्छ । गितको भिडियोलाई मुस्ताङका विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको हो । भिडियोमा चर्चित मोडल सनम खडायत र श्रृष्टि खड्काले अभिनय गरेका छन् । रवि नेपाल आइडल विजेता पछि पछिल्लो समय निकै ब्यस्त रहेका छन् । उनले आइडल भएपछि आफ्ना दर्शक श्रोताका लागि आधा दर्जनभन्दा बढि गितहरु ल्याइसकेका छन् ।

उनले केहि दिन अघि मात्रै ‘घरमा कुरा’ बोलको गित ल्याएका थिए भने यस अघि ‘२ कौडीको बुद्धि ’ ,‘मिठो बोलीले ’ ,‘दिलको फ्रेममा’ लगायत गीतहरु बजारमा ल्याएका थिए । उनले आफ्ना सबै गितहरुलाई सबैले मन पराइरहेको र राम्रो प्रतिकृया पाइरहेको बताए ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...