Thursday 12th March 2026

एकै रात ११ लाख मुल्यका मोबाइल चोरिए


राजविराज -चौबिसै घण्टा प्रहरी गस्ती रहने राजविराजको मुख्य बजारको पसलमा शनिबार राति चोरी भएको छ।राजविराजको मुख्य बजारमा रहेको मोकाजीम अन्सारीको मोबाइल पसलमा चोरी भएको प्रहरीले जनाएको छ।अन्सारीका अनुसार राति सटरको ताला फुटाएर चोरले नगदसहित साढे ११ लाख मूल्य बराबरको मोबाइल चोरी गरेको छ।

पसलमा रहेको नगद एक लाख ५० हजारसहित करिब १० लाख मूल्य बराबरको मोबाइल चोरी भएको अन्सारीले बताए। बिहान स्काई मोबाइल पसलको सटरको ताला खुल्ला अवस्थामा देखेपछि वरिपरीका अन्य व्यापारीले अन्सारीलाई खबर गरेका थिए।

चोरी भएको पसलदेखि जिल्ला प्रहरी कार्यालय एक सय मिटर दक्षिण र राष्ट्रिय बाणिज्य बैंकको प्रहरी बिटदेखि ५० मिटर उत्तर रहेको छ। चोरको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका एसपी मनोजकुमार यादवले बताए।

यसअघि जेठ ३१ गते राति राजविराज नगरपालिका वडा नम्बर ५ को कार्यालयबाट ल्याप टप, प्रिन्टर, फोटोकपी मेसिन र करिब १५ हजार नगदसहित चोरी भएको थियो। त्यसअघि पनि जेठ ८ गते राजविराज ७ ग्लोबल कृषि तथा सहकारी हाट बजारमा ल्यापटप, नगदसहितका समान चोरी भएको थियो।रातको समयमा २४ सैं घण्टा प्रहरी गस्ती रहने मुख्य बजारमा चोरीको घटना बढेपछि स्थानीय व्यापारी त्रसित भएका छन् ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...