Tuesday 31st March 2026

कुवेतवासी नेपालीले गरे बुद्ध लामा र सरस्वती भुजेल लाई भव्य स्वागत


तीतपाटी- नुवाकोट धादिङ्ग रसुवा समाज कुवेतद्वारा भोलि शुक्रवार कुवेतमा आयोजना गरको बृहत सांगीतिक धमाका २०१९ कार्यक्रममा आफ्नो प्रस्तुती दिन नेपालबाट ख्यातिप्राप्त कलाकारहरु कुवेत आइपुगेका छन्।

उक्त कार्यक्रमका लागि प्रथम नेपाल आइडलका बुद्ध लामा र अहिलेकि हट एन्ड चर्चित मोडेल तथा लोक पप, गायीका सरस्वती भुजेल हिजो बेलुका कुवेत आईपुगेका छन्। उक्त सांगीतिक धमाका कार्यक्रममा उनीहरुको विशेष प्रस्तुती रहने भएको छ भने स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहनेछ। बृहत सांस्कृतिक धमाकाको लागि चर्चित कलाकार बुद्ध लामा र सरस्वती भुलेलाई बुधवार कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा आयोजक टिम र कुवेतस्थीत कार्यरत नेपालीले भव्य स्वागत गरेका थिए।

कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन कुवेतमा रहेका सामाजिक सङ्सस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार तथा कुवेतमा कार्यरत सपुर्ण नेपालीहरुलाई आयोजकले बिनम्र आग्रह समेत गरेको छ।कार्यक्रम ठिक दिनको ११ बजे देखि सुरु हुनेछ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...