Sunday 5th May 2024

गायिका पारु रंजितको तिज गित “आउ कम्मर भाँच्नलाई” सार्वजनिक (भिडियो सहित)


तितोपाटी- गत सालको तीज गीत (तीजको लहर अमेरिका सम्म) बोलको गीतबाट एकाएक चर्चामा आएकी गायिका पारु रंजित’ले यो साल पनी तीज गीत संगीत प्रेमीहरुलाई र हिन्दु महिलाहरुको माहान चाड तीजलाई मध्यनजर गर्दै आउ कम्मर भाँच्नलाई तीज गीत बजारमा लाएकी छन् । उक्त तीज गीतको भिडियो पुस्कर सुनुवार’को युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

आउ कम्मर भान्च्नलाई बोलको गीतलाई गीतकार किरण के उप्रेतीले रचना गरेका छन् भने संगीत तथा संगीत संयोजन गायक’ संगीतकार पुस्कर सुनुवार’ले गरेका छन् । उक्त गीतमा अभिनय भने सदाबहार नायिका करिश्मा मानन्धरको रहेको छ।

गायिका पारु रंजित’को गत सालको तीज गीतमा पनी नायिका करिश्मा मानन्धर’ले नै अभिनय गरेकी थीइन भने, अहिले पनी गायिका पारु रंजित’को आउ कम्मर भाँच्नलाई बोलको गीतमा सदाबाहर नायिका करिश्मा मानन्धर’को नै अभिनय रहेको छ । गीत’को भिडियोमा निर्देशन तथा नृत्य निर्देशन कमल राइको रहेको छ भने’ छायांकन शिब ढकालको रहेको छ,त्यस्तै भिडियो सम्पादन समिर मियाँले गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव…

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

प्रतिकृयाहरू
...