Friday 6th February 2026

दुई नदीका बाँध भत्किए, राजमार्ग अवरूद्ध


रौतहट – रौतहटको विभिन्न क्षेत्रमा बाढी आएको छ। दुई नदीको बाँध भत्किएर दर्जन भन्दाबढी गाउँमा डुबानमा पारेका छन्। कटहरिया स्थित लाल बकैया र  पुर्व बागमती नदीको बाँध भत्किएर त्यसक्षेत्र वारपारका गाउँ डुबानमा परेका ह्रन्। बागमती तथा लाल बकैया नदि नियन्त्रण आयोजना प्रमुख राज कुमार श्रीवास्तवले बागमती र बकैयामा बाध भत्केर बस्तिमा पानी प्रबेश गरिरहेका बताए । उनका अनुसार नदी नियन्त्रण टोलीले ठाउँ ठाउँमा खटिएको छ।

बकैया नदीको हरसाहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहा लगायतका दर्जन गाउँ उच्च जोखिममा रहेको बताए। यस्तै बागमती नदिको गढिमाइ लक्ष्मिपुर, मत्सरी, गढो, बडहर्वा, बसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ उच्च जोखिमा रहेको प्रमुख श्रीवास्तवले बताए नगरपालिकाको जेसिभी लगाएर एक छिन रोक्न प्रयास  गरेपनि पानीको बहाब तिब्र भएकोले प्रयास असफ्ल भएको मेयर श्याम प्रसाद यादव ले बताए। दुई वर्षअघि बागमती नदिमा आएको बाढिले उक्त स्थानमा बाध भत्काएको थियो सो भत्केको बाध बलियो नबनाएको कारण पुन भत्केर गाउँमा पानी पस्न लागेको स्थानीहरुले बताएका छन्।

रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बाध भत्केको ठाउमा प्रहरी परिचालन गरेको बताए । चुरे क्षेत्रमा भएको वर्षाको कारण चाँदी खोलामा आएको बाढीको कारण पुर्वपश्चिम राजमार्ग समेत अवरुद्ध भएको छ। सदरमुकाम गौर स्थित सरकारी कार्यालय वरिपरि समेत पानी जमेको छ । निरन्तर पानी परिरहेको कारणले ठूलो बाढी आउने खतरा देखिएको छ।

जिल्ला बिपद व्यवस्थापन समिती रौतहटका सयोजक  प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाका नदी र खोलामा बाढी आएपछी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत तयारी अवस्थामा राखिएको बताए। जलतथा मौसम बिज्ञान बिभाग, मौसम पुर्वानुमान महाशाखाले २८ गते सम्म वर्षा हुने बताएका छन

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

राजन रिमाल - चुनाव नजिकिँदै जाँदा नेताहरू फेरि गाउँ–गाउँ देखिन थालेका छन्। मञ्चमा नाचगान, फूलमाला, दण्डवत् र फोटो सेसनको भीड…

यात्री समाज कुवेतले प्रवासमा रहेर पनि मातृभूमिप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नेपालमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको…

भारत–अमेरिका व्यापार सम्झौता : ऐतिहासिक मोड किन? सोमबार (फेब्रुअरी २, २०२६) भारत र संयुक्त राज्य अमेरिका बीच भएको नयाँ व्यापार…

प्रतिकृयाहरू
...