Thursday 24th September 2026

सम्झना लामिछाने मगरको तीज गीत ‘के साह्रो जिस्केको’सार्वजनिक(भिडियो सहित)


तितोपाटी- हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा गायिका तथा मोडल सम्झना लामिछाने मगर र गायक गणेश न्यौपानेको संयुक्त आवाजमा तीज गीत ‘के साह्रो जिस्केको’ सार्वजनिक भएको छ । गायक न्यौपाने र गायिका सम्झना लामिछाने मगरको संयुक्त आवाजमा के साह्रो जिस्केको भन्दै एकले अर्कोलाई आक्षेप लगाइएको उक्त गीतमा रबिन लामिछानेको शब्द तथा संगीत रहेको छ भने कृष्ण बिकले संगीत संयोजन गरेका हुन् ।

राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन्। गीतको अडियो कर्णप्रिय सुनिन्छ । त्यस्तै आकर्षक भिडियोमा प्रकाश र सम्झनाको जोडी गज्जब देखिएको छ ।मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीत कुमार रानाले मिक्सिङ गरेका छन् । सोही गीतको भिडियो गायिका लामिछाने मगरकै युट्युब च्यानल सम्झना डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...