Sunday 5th May 2024

सम्झना लामिछाने मगरको तीज गीत ‘के साह्रो जिस्केको’सार्वजनिक(भिडियो सहित)


तितोपाटी- हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा गायिका तथा मोडल सम्झना लामिछाने मगर र गायक गणेश न्यौपानेको संयुक्त आवाजमा तीज गीत ‘के साह्रो जिस्केको’ सार्वजनिक भएको छ । गायक न्यौपाने र गायिका सम्झना लामिछाने मगरको संयुक्त आवाजमा के साह्रो जिस्केको भन्दै एकले अर्कोलाई आक्षेप लगाइएको उक्त गीतमा रबिन लामिछानेको शब्द तथा संगीत रहेको छ भने कृष्ण बिकले संगीत संयोजन गरेका हुन् ।

राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन्। गीतको अडियो कर्णप्रिय सुनिन्छ । त्यस्तै आकर्षक भिडियोमा प्रकाश र सम्झनाको जोडी गज्जब देखिएको छ ।मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीत कुमार रानाले मिक्सिङ गरेका छन् । सोही गीतको भिडियो गायिका लामिछाने मगरकै युट्युब च्यानल सम्झना डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव…

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

प्रतिकृयाहरू
...