Wednesday 1st April 2026

पहिचान रक्षाको निमित्त पार्टीगत राजनीति भन्दा माथि उठौं: कमल थापा


तितोपाटी- राप्रपा अध्यक्ष कमल थापाले धर्म ,संस्कृति र पहिचान रक्षाको निमित्त पार्टीगत राजनीति भन्दा माथि उठेर सबै एक ठाउँमा उभिनु पर्नेमा जोड दिएका छन् । मकवानपुरको थाहा नगरपालिकास्थित फाँट बजारमा आयोजित सप्ताह ज्ञान महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले बढ्दो धर्म परिवर्तनलाई रोक्न नसके समस्या उत्पन्न हुने तर्फ सबैलाई सचेत हुन आग्रह गरे । समय क्रममा सरकार परिवर्तन हुने, व्यवस्था परिवर्तन हुने तर प्रकृतिको नियम परिवर्तन नहुने भन्दै अध्यक्ष थापाले आफ्नो धर्म, संस्कृतिमाथि भइरहेको अतिक्रमण र प्रहार कुनै पनि स्वाभिमानी नेपालिले टुलुटुलु हेरेर बस्न नहुने बताए।

विश्वकै जेठो ,सम्पन्न र प्रभावशाली सनातन मान्यतालाई कमजोर पार्न भईरहेको षडयन्त्रलाई चिर्न युवा पुस्ता अग्रसर हुनुपर्ने आवश्यकता औल्याए । विश्वका कुनै पनि देशले आफ्नो धर्म, पहिचान र मूल्य मान्यतालाई कमजोर बनाएर प्रगती गर्न नसक्ने ठोकुवा गर्दै थापाले हामिले पुर्खाले दिएको धन सम्पतीको मात्र चिन्ता र रक्षा गर्ने नभई सस्कार र सस्कृतिको पनि रक्षा गर्नुपर्ने बताए ।

सो अवसरमा राप्रपा धर्म संस्कृति समन्वय विभाग प्रमुख पुष्पराज पुरुष थाहा नगर उपप्रमुख खड्ग गोपाली, बिष्णु ढकाल लगायतले बोलेका थिए । यसै बीच राप्रपा थाहा नगर समितिद्वारा आजै आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले नयाँ ढङ्गबाट संगठन निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

चुनावी हारजित स्वभाभिक प्रक्रिया भएकोले त्यसको समिक्षा गर्दै उच्च मनोबलका साथ अघि बढ्नु पर्नेमा थापाको जोड थियो । सो अबसरमा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौला, प्रवास विभाग प्रमुख विजय खड्का , जनजाति नेता राम थोकर, हरेराम कार्की, राम बहादुर घले, सुरेन्द्र तामाङ लगायतको उपस्थिती थियो ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...