Monday 12th January 2026

फिफा महिला विश्वकपको उपाधि पुनः अमेरिकाको पोल्टामा


तितोपाटी -अमेरिकाले लगातार दोस्रो पटक फिफा महिला विश्वकपको उपाधि जितेको छ। फ्रान्सको लियोनस्थित पार्क ओलम्पिकमा आइतबार राती भएको फाइनलमा नेदरल्यान्ड्सलाई २–० ले स्तब्ध बनाउँदै अमेरिकाले लगातार दोस्रो पटक विश्वकपको उपाधि उचाल्यो। अमेरिकाको समग्रमा यो चौथो उपाधि हो।

अमेरिकाले सन् २०१५ मा जापानलाई हराउँदै उपाधि जितेको थियो। त्यसअघि सन् १९९१ मा चीनमा भएको पहिलो संस्करणको उपाधि जितेको अमेरिकाले त्यसपछि सन् १९९९ संस्करण पनि आफ्नो बनाएको थियो।

अमेरिकालाई चौथो उपाधि दिलाउन मेगान रापिनोई र रोज लाभेलेले समान १÷१ गोल गरेका थिए। खेलको पहिलो हाफ भने गोलरहित सकिएको थियो। तर, खेलको ६१औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दैै रापिनोईले अमेरिकालाई अग्रता दिलाएकी थिइन्। त्यसको आठ मिनेटपछि लाभेलेले गोल गर्दै अमेरिकालाई २–० को अग्रता दिलाइन्। बाँकी समयमा नेदरल्यान्ड्स खेलमा फर्किन नसकेपछि अमेरिका च्याम्पियन बन्यो।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...