Sunday 1st November 2026

“नेपाल स्टार मोडल-२०१९” को उपाधि मल्लिका बु्ढाथोकीले हात पारिन


तितोपाटी – सिद्धि मिडियाको आयोजनामा भएको ‘नेपाल्स स्टार मोडेल– २०१९’ को उपाधि मल्लिका बुढाथोकीले जितेकी छन् । मोस्ट ब्युटिफुल उपाधिसमेत हात परेकी बुढाथोकी १५ प्रतियोगीलाई पछि पार्दै शीर्ष विजेता हुन सफल भएकी हुन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अन्तिम स्पर्धामा सिर्जना मैनाली फस्ट रनर अप र सुभास तामाङ सेकेन्ड रनर अप घोषित भए । मैनालीले बेस्ट वाक, मोस्ट फ्रेन्ड्ली उपाधिसमेत हात पार्दा तामाङले मोस्ट कन्फिडेन्ट उपाधिमा चित्त बुझाए ।

उक्त प्रतियोगितामा सागर श्रेष्ठले मल्टिमिडिया च्वाइस, भ्युयुर च्वाइस्, मोस्ट पपुल र मोस्ट ट्यालेन्टसमेत गरी चार उपाधि हात पारे । पूर्वप्रधानसेनापति रुक्मांगद कटुवाल मुख्य अतिथि रहेको कार्यक्रममा अभिनेत्री सञ्चिता लुइँटेल, समाजसेवी कृष्ण देवकोटा, नेपाल्स् चब्बी मोडलकी फस्ट रनरअप मीनु तामाङ, जिना ताम्राकार, अनिलवीरसिंह तुलाधर प्रतियोगिताको निर्णायक थिए ।

१६ देखि ४० वर्षसम्मका विवाहित, अविवाहित विद्यार्थी, गृहणी, कामकाजी व्यक्ति, शिक्षक, कर्मचारी, व्यवसायी लगायतको व्यक्तित्व विकासका लागि उपयुक्त प्लेटफर्म दिने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको आयोजक सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए । सचु गुरुङको कोरियोग्राफी रहेको प्रतियोगितामा सांगीतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...