Friday 17th May 2024

अभिनेता आदित्य पञ्चोली विरूद्ध बलात्कारको मुद्दा


तितोपाटी – बलिउडकी एक अभिनेत्रीले पुराना अभिनेता आदित्य पञ्चोलीका विरुद्ध बलात्कारको आरोपसहित मुद्दा दर्ता गरेकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बलिउडकी एक स्थापित अभिनेत्रीले आदित्य पंचोलीविरुद्ध मुम्बईको वर्सोवा पुलिस स्टेशनमा बलात्कारको मुद्दा दर्ता गराएकी हुन् । पंचोलीमाथि बलात्कारको मुद्दा दर्ता गराउने ती अभिनेत्री ट्वीटरमा आफ्ना विभिन्न शैलीका बयानका कारण प्रँयः चर्चामा आइरहन्छिन् । आदित्य पंचोली तथा ती अभिनेत्रीबीच अघिल्ला थुप्रै वर्षदेखि विवाद चलिरहेको थियो । ती अभिनेत्रीले यसअघि पनि आदित्यका विरुद्ध यौन तथा शारीरिक उत्पीडनको आरोप लगाइसकेकी छिन् ।

आदित्य पंचोलीसँग ती अभिनेत्रीको झगडा पछिल्लो १५ वर्षदेखि चलिरहेको थियो । आफुविरुद्ध ती अभिनेत्रीले बलात्कारको आरोप लगाउन सक्नेछिन् भन्ने कुराको शंका पंचोलीले पुलिस स्टेशनमा धेरै महिनाअघि नै व्यक्त गरिसकेका थिए । पछिल्लो लामो समयदेखि यी दुई कलाकारले एक-अर्काका विरुद्ध धेरै कुरा बोलेको पढ्दै-सुन्दै आइएको छ ।

केही दिनअघि आदित्य पंचोलीले पनि ती अभिनेत्रीका विरुद्ध एफएईआर दर्ता गराएका थिए । उक्त एफआईआर एक दशकअघि ती अभिनेत्री तथा उनकी बहिनीद्वारा दायर गरिएको त्यो गुनासोको जवाफमा थियो, जसमा पंचोलीले ती अभिनेत्रीलाई प्रताडित तथा उनको शोषण गरेको उल्लेख थियो । ती अभिनेत्रीले आदित्य पंचोलीका विरुद्ध लिगल एक्सन लिने निर्णय यसअघि नै गरेक थिइन् । आदित्यले प्रहरीमा आफ्नो गुनासोमा के दावी गरेका थिए भने ती अभिनेत्रीका वकिलले उनी विरुद्ध बलात्कारको मुद्दा दायर गर्ने धमकी दिएका थिए, जसलाई पंचोलीले अस्विकार गरिकसकेका छन् ।

अहिलेसम्म सबै गुनासाहरु मुम्बईको उपनगर अंधेरी वेस्टस्थित वर्सोवा पुलिस स्टेशनमा दायर गरिएका छन् । अभिनेता आदित्यका अनुसार बलात्कार सबैभन्दा घीनलाग्दो अपराध हो । उनले प्रमाणको रुपमा अभिनेत्रीको भिडियोहरु तथा फोन रेकर्डिङसमेत प्रहरीलाई बुझाइसकेका छन् । अहिले ती अभिनेत्री आफ्नो प्रदर्शनका लागि तयार भएको नयाँ फिल्मको प्रचारप्रसारमा व्यस्त छिन् ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...