Wednesday 11th March 2026

अभिनेता आदित्य पञ्चोली विरूद्ध बलात्कारको मुद्दा


तितोपाटी – बलिउडकी एक अभिनेत्रीले पुराना अभिनेता आदित्य पञ्चोलीका विरुद्ध बलात्कारको आरोपसहित मुद्दा दर्ता गरेकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बलिउडकी एक स्थापित अभिनेत्रीले आदित्य पंचोलीविरुद्ध मुम्बईको वर्सोवा पुलिस स्टेशनमा बलात्कारको मुद्दा दर्ता गराएकी हुन् । पंचोलीमाथि बलात्कारको मुद्दा दर्ता गराउने ती अभिनेत्री ट्वीटरमा आफ्ना विभिन्न शैलीका बयानका कारण प्रँयः चर्चामा आइरहन्छिन् । आदित्य पंचोली तथा ती अभिनेत्रीबीच अघिल्ला थुप्रै वर्षदेखि विवाद चलिरहेको थियो । ती अभिनेत्रीले यसअघि पनि आदित्यका विरुद्ध यौन तथा शारीरिक उत्पीडनको आरोप लगाइसकेकी छिन् ।

आदित्य पंचोलीसँग ती अभिनेत्रीको झगडा पछिल्लो १५ वर्षदेखि चलिरहेको थियो । आफुविरुद्ध ती अभिनेत्रीले बलात्कारको आरोप लगाउन सक्नेछिन् भन्ने कुराको शंका पंचोलीले पुलिस स्टेशनमा धेरै महिनाअघि नै व्यक्त गरिसकेका थिए । पछिल्लो लामो समयदेखि यी दुई कलाकारले एक-अर्काका विरुद्ध धेरै कुरा बोलेको पढ्दै-सुन्दै आइएको छ ।

केही दिनअघि आदित्य पंचोलीले पनि ती अभिनेत्रीका विरुद्ध एफएईआर दर्ता गराएका थिए । उक्त एफआईआर एक दशकअघि ती अभिनेत्री तथा उनकी बहिनीद्वारा दायर गरिएको त्यो गुनासोको जवाफमा थियो, जसमा पंचोलीले ती अभिनेत्रीलाई प्रताडित तथा उनको शोषण गरेको उल्लेख थियो । ती अभिनेत्रीले आदित्य पंचोलीका विरुद्ध लिगल एक्सन लिने निर्णय यसअघि नै गरेक थिइन् । आदित्यले प्रहरीमा आफ्नो गुनासोमा के दावी गरेका थिए भने ती अभिनेत्रीका वकिलले उनी विरुद्ध बलात्कारको मुद्दा दायर गर्ने धमकी दिएका थिए, जसलाई पंचोलीले अस्विकार गरिकसकेका छन् ।

अहिलेसम्म सबै गुनासाहरु मुम्बईको उपनगर अंधेरी वेस्टस्थित वर्सोवा पुलिस स्टेशनमा दायर गरिएका छन् । अभिनेता आदित्यका अनुसार बलात्कार सबैभन्दा घीनलाग्दो अपराध हो । उनले प्रमाणको रुपमा अभिनेत्रीको भिडियोहरु तथा फोन रेकर्डिङसमेत प्रहरीलाई बुझाइसकेका छन् । अहिले ती अभिनेत्री आफ्नो प्रदर्शनका लागि तयार भएको नयाँ फिल्मको प्रचारप्रसारमा व्यस्त छिन् ।


सम्बन्धित शीर्षकहरु

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

प्रतिकृयाहरू
...