Sunday 11th October 2026

आफ्नै छोरो हेर्नको लागि उप-प्रमुखले श्रीमानलाइ बनाइन् स्वकीय सचिव


तितोपाटी – सुन्दा अचम्म लाग्छ तर कुरा सत्य हो । स्वकीय सचिव भनेको माथिल्लो ओहदामा रहेका मानिसको कामको बोझलाइ कम गर्न काममा सघाउने व्यक्ति हो । सोही स्वकीय सचिव आफ्नै सन्तान हेर्ने कामको लागि तोकिएको विषयलाइ यहाँ प्रस्तुत गर्न खोजिएको हो । बर्दियाको बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले आफ्नो छोराको स्याहार सुसारको लागि आफ्नै श्रीमानलाइ स्वकीय सचिव बनाएकी छिन् । स्थानीय तहको चुनाव जित्दा उनको काखमा ३ महिनाको छोरा थयो । त्यसैले उनले छोराको रेखदेख गर्न पतिलाई स्वकीय सचिवमा नियुक्त गरिन् ।

छोराको हेरचाह गर्नु र फुर्सद मिलेमा सामान्य सरकारी कामकाजलाई सघाउनु स्वकीय सचिव मंगल चौधरीको काम हो । उपप्रमुख सरकारी कामका लागि टाढा जानुपर्दा छोरा बोक्दै पति पनि जान्छन् । उनी छोरा पनि हेर्छन् र श्रीमतीलाइ पनि काममा सघाउँछन् ।

स्वकीय सचिवको औपचारिक व्यवस्था भने गरिएको छैन । आन्तरिक स्रोतबाट तलब दिने गरी खरिदारसरहको दरबन्दी सिर्जना गरिएको छ । त्यसका लागि मासिक २३ हजार ५ सय रुपैयाँ पारिश्रमिक दिइन्छ । कानुनी रुपमा भने मिलाउन अप्ठ्यारै छ । नगरपालिकाका कानुन अधिकृत विकास आचार्यका अनुसार स्वकीय सचिव राख्दा विधि पूरा गरिएको होइन । वार्षिक एक लाख रुपैयाँभन्दा बढी रकम दिनुपरे व्यक्तिले स्थायी लेखा नम्बर परिचय पत्र (प्यान नम्बर) लिनुपर्छ ।

नगरपालिका एेनमा स्वकीय सचिव राख्ने ब्यवस्था नभए पनि मिलेमतोमा नगरप्रमुख र उप-प्रमुख दुबै जनाले नगरपालिकाको अान्तरिक श्रोतबाट ब्यहोर्ने गरि स्वकीय सचिव राखेका छन् ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

एकता सेवा सहयोगी समूह (नेपाल) ले उपचाररत बालिका सपना विश्वकर्माको स्वास्थ्य उपचारका लागि रु. ६३ हजार ५८१ आर्थिक सहयोग प्रदान…

कुवेतस्थित जन-जागृति युवा समाजले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोक निवासी अलिभन सुनारको उपचारार्थ ५१ कुवेती दिनार (नेपाली…

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

प्रतिकृयाहरू
...