Tuesday 9th September 2025

देशका २० स्थानमा शंकास्पद वस्तु फेला, ७ जना पक्राउ


तितोपाटी – बन्द गराउँदै हिँड्ने कार्यमा संलग्न ९ जना विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) विश्वराज पोखरेलले देशका विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार राजधानीको सुकेधाराबाट विप्लवका कार्यकर्ता भागिराज राई पक्राउ परेका छन् ।

यसैगरी कास्कीबाट १ जना मकवानपुरबाट १ जना र पश्चिम रुकुमबाट एक जना पक्राउ परेका छन् । यसैगरी देशका २० स्थानमा संकास्पद बस्तु फेला परेकोमा ९ वटा शंकास्पद बस्तु आतंक सिर्जना गर्नेगरी नक्कली वस्तु मात्रै राखिएको पाइएको छ। अन्य शंकास्पद बस्तु भने नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्क्रिय बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले ३ स्थानमा ग्यास सिलिन्डर बम फेला परेको जनाएको छ । यस्तै २ स्थानमा सकेट बम, एक स्थानमा सुतली बम, एसिड बम र टाइम बम फेला परेको छ भने ४ ठाउँमा तोडफोटको घटना भएको छ ।


सम्बन्धित शीर्षकहरु

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ एयर फोर्स वनमा चढ्ने तयारी गर्दै प्रेसलाई दिएको टिप्पणीमा गाजा युद्धविराम र बन्धक आदानप्रदान…

परराष्ट्र मन्त्रालयबाट सरुवा भई शिव बानियाले कुवेतस्थित नेपाली दूतावासमा द्वितीय सचिवका रूपमा कार्यभार ग्रहण गरेका छन्। केही समयदेखि रिक्त रहेको…

प्रतिकृयाहरू
...