Sunday 4th October 2026

जन-सम्पर्क समिति कुवेतको जागरण अभियान यहि जुन २८ मा, कार्यक्रमको सम्पुर्ण तयारी पुरा


तितोपाटी – नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको आयोजनामा हुन लागेको जागरण अभियानको तयारी पुरा भएको बुझिएको छ । जन-सम्पर्क समिति कुवेतले यहि २८ जुन शुक्रबारको दिन कुवेतको जलिब स्थित पपिन्स हलमा जागरण अभियानको कार्यक्रम गर्दैछ ।  कांग्रेस केन्द्रिय कार्यालयको निर्देशनानुसार देशका ७७ वटै जिल्ला र विदेश स्थित ३३ शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाइरहेका बेला कुवेत शाखाले पनि उक्त अभियानलाई प्राथमिकताका साथ मनाउन लागेको बताएको छ।

गत शुक्रबार उपसभापति माधब शर्माको सभापतित्वमा फर्वानियास्थित संगठन विभाग प्रमुख ज्ञान बहादुर खड्काको निवासमा बसेको समितिको बैठकले जिलिबको पपिन्स हलमा सो जागरण अभियान कार्यक्रमलाई धुमधामका साथ मनाउने निर्णय गर्दै कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बताएको हो ।

साथै नेपाली जन-सम्पर्क समिति कुवेतले आगामी अगस्त १६ तारिख शुक्रबारका दिन नेपालबाट पाल्नुहुने प्रमुख अतिथिको साथमा तेश्रो अधिवेशन गर्ने बताएको छ। जन-सम्पर्क समिति कुवेतले नयाँ सदस्यतापत्र वितरणको सम्पुर्ण विवरण पनि सोही अधिवेशनको दिन बुझाउने जानकारी दिएको छ।

जागरण अभियान कार्यक्रमको विवरणः

स्थान : पपिन्स हल जिलिब कुवेत ।

मिति : २८ जुन २०१९ शुक्रबार ।

समय : दिनको २ बजे देखि ।

आयोजक : नेपाली जन-सम्पर्क समिति कुवेत।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...