Thursday 19th March 2026

बेवारिसे, असहाय, अशक्त मानसिक रोगीको उपचार अब निःशुल्क


तितोपाटी – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेवारिसे, असहाय, अशक्त र मानसिक समस्या भएका नागरिकको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । निर्णयसँगै मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको मानसिक स्वास्थ्य शाखाको नेतृत्वमा यो कार्यक्रम संचानल हुने छ । सरकारले यसअघि नै अशक्त, असहाय, बेवारिसे र मानसिक रोगी तथा मनोसामाजिक रोग भएका व्यक्तिहरूको उपचार तथा पुनस्थापना कार्यक्रम सञ्चालन कार्यविधि २०७६ जारी गरिसकेको गरेको थियो । सोही कार्यविधि अनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

बेवारिसे, असहाय, अशक्त र मानसिक समस्या भएका नागरिक परिवार र समाज तिरस्कृत हुनेसम्मको समस्या रहेकाले उनीहरुको हेरचाह गर्ने जिम्मा राज्यको पनि भएको हुँदा यो कार्यक्रम ल्याइएको मन्त्रालयको भनाई छ । नेपालकोे कुल जनसङ्ख्यामध्ये २० प्रतिशत नागरिकमा कुनै न कुनै किसिमको मानसिक समस्या हुनसक्ने सरकारी अनुमान छ । नेपालको विभिन्न अस्पतालमा उपचार गराउनेमध्ये २५ प्रतिशत नागरिकमा मानसिक समस्या भएको तथ्याङ्क रहेको छ । यस्ता स्वास्थ्यसम्बन्धी समस्या भएका नागरिकका लागि सरकारले कार्यक्रम ल्याएसँगै लक्षित नागरिकले यो सेवा पाउने विश्वास गरिएको छ ।

यी अस्पतालमा पाइन्छ निःशुल्क उपचार
यस्ता नागरिकको उपचारको लागि ९ वटा संस्थाले निवेदन दिएकामा ७ वटा संस्था सरकारी छनोटमा परेका छन् । जसअनुसार धुलिखेल अस्पताल काभ्रे, भरतपुर अस्पताल चितवन, मेरिनोल नेपाल—नयाँपाटी काठमाडौँ , रिदम न्युरोसाइक्याट्रिक अस्पताल एन्ड रिसर्च सेन्टर जावललितपुर छनोटमा गरेका छन् । यस्तै कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन ललितपुर, मानव सेवा आश्रम हैटौँडा र नीलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक पुनस्थापना केन्द्र बाँकेलाई पनि छनोटमा परेका छन् ।

बेवारिसे, असहाय, अशक्त र मानसिक समस्या भएका नागरिकलाई जुनसुकै व्यक्तिले पनि सरकारले तोकेको स्वास्थ्य संस्था तथा पुनस्थापनकेन्द्रमा लान सक्नेछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डाक्टर फणिन्द्र प्रसाद बरालका अनुसार पुनस्थपना केन्द्रले यस्ता बिरामीको हेरचाह गरेको खण्डमा प्रतिव्यक्ति दिनमा ५ सय सरकारले उपलब्ध गराउने छ । अस्पतालको हकमा भने प्रतिव्यक्ति ६ सय रुपैयाँ दिइने छ ।

आर्थिक वर्ष ७५—०७६ मा बेवारिसे, असहाय, अशक्त र मानसिक समस्या भएका नागरिकको निशुल्क उपचारको लागि स्वास्थ्य मन्त्रालयले १ करोड बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष सकिन केही दिन मात्रै बाकी हुँदा मन्त्रालयले यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । यस्ता समस्या भएको नागरिकको सिफारिस स्थानीयतहले गर्नुपर्ने सरकारको भनाई छ । उपचारपछि विभिन्न सिप सिकाउने, परिवार भएको व्यक्तिलाई परिवारको जिम्मा लगाउने यस कार्यक्रमको लक्ष्य रहेको छ । सरकारले विभिन्न जटिल ८ रोगका बिरामीको पनि निःशुल्क उपचार गर्दै आइरहेको छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...