Thursday 2nd April 2026

भिजिट भिसामा झुक्किएर पनि युएई नआउनु – केदार घिमिरे


तितोपाटी – धरानका केदार घिमिरे हामीसँग अबुधाबीमा भेटिए। त्यहाँ हामीले उनको वैदेशिक रोजगारीको बारेमा छोटो कुराकानी गर्‍यौँ।

उनी सुरुमा ट्याक्सी चालकको रूपमा गएका थिए। अनुभव थिएन। मात्र विदेश जान्छु भन्ने सोच थियो।

त्यहाँ ३ वर्ष काम गरे। अबुधाबीको तातो घाममा दिनभर दौडिनुपर्थ्यो। घरीघरी वरपरको धुलो उडाएर बाटोमा भरिन्थ्यो। आफ्नो भविष्यको खोजीमा आएका उनको अगाडी त्यो ठुलो चुनौती थियो। अग्ला भवनहरू बिचमा काटिएको बाटोमा त्यस्तै अग्ला सपनाहरूले उनलाई डोराउँथे। घरको याद आउँथ्यो।

३ वर्ष ट्याक्सी दौडाएपछि उनले काम परिवर्तन गरे। अनुभवले हिम्मत थप्दै गएको थियो। त्यसपछि अमेजन कम्पनीमा काम गर्न थाले। त्यहाँ २ वर्ष काम गरे। अनुभव बटुलेपछि फेरी अमेरिकाको मल्टिनेसनल कम्पनीमा गए। २ वर्षदेखि अहिले उनी त्यहिँ नै काम गरिरहेका छन्। अनुभव बढ्दै जाँदा तलब पनि बढ्दै जाने उनको अनुभव छ। यस्तै नयाँ नयाँ अवसरहरू यत्रतत्र भइराख्ने भएकाले त्यसलाई खोज्न आफै लाग्नुपर्ने उनको बुझाइ रहेको छ। आखिर आफूले पाउन लायक काम रहेछ भने किन नगर्ने?

नेपालबाट पहिलोपल्ट काम गर्नको लागि यूएई जान चाहनेहरूलाई उनी भिजिट भिसाबाट नआउन सुल्झाउँछन्। भन्छन् ‘सकेसम्म म्यानपावर कम्पनीमार्फतनै गर्न लागेको कामको बारेमा जानकारी लिएर आउनु। यहाँ भिजिट भिसामा आएर काम खोज्न गाह्रो छ।’ यस्तै हातमा केही सिप लिएर मात्र आउन पनि उनी सुझाउँछन्।

उनीसँग गरिएको कुराकानी हेर्नलाई यो लिंक https://www.youtube.com/watch?v=zY37SvdQZc0 मा जानुहोस्।

साभार- शुभयात्रा


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...