Tuesday 18th August 2026

गायक रामकुमार कार्कीको “कोइली चरी” बोलको गीत सार्बजनिक(भिडियो सहित)


तितोपाटी -सिङ्गो नेपाली गीत संगीतमा ब्यवसाहिकता नहुँदा पछिल्लो समय ब्यवासाहिक मुखी गीतहरु बजारमा अलि बढी मात्रामा बजारमा आइरहेका छन् । यसो हुँदा लोक तथा दोहोरी मिठास्ता कतै हराउने त होइन भन्ने किसिमको चिन्ता उत्पन्न भैरहंदा रामेछापका प्रतिभावान कलाकार रामकुमार कार्कीले ब्यवासहिकता र मौलिकतालाई पनि ध्यानमा राखेर “कोइली चरी” बोलको गीत भर्खरै मात्र सार्बजनिक गरेका छन् ।

उक्त गीत रामकुमारको मात्र नभै रामेछाप जिल्लाकै चर्चित गायिका कमला खड्काको पनि संयुक्त प्रस्तुति हो । बिशेष गरेर युवा अवस्थामा मन उब्जेका अन्याकौं प्रेम भाव समाबेस गरिएको यस गीतमा रामकुमार कार्की र कमला खड्काको नै सुमधुर स्वर सुन्न सकिन्छ ।

अर्का प्रतिभावान कलाकार नवराज दाहाल द्वारा लय तथा शब्द सिर्जना भरिएको यस गीतको म्युजिक भिडियोलाई निकै खर्चालु र मेहनतका साथ तयार गरिएको छ । त्यसैले पनि गीत निर्माण युनिट सफल हुनेमा ढुक्क रहेको छ । यस गीतको म्युजिक भिडियोमा रामचन्द्र बोहरा र अहिलेकी बहुचर्चित मोडल अन्जली अधिकारीको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिस्वकर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


सम्बन्धित शीर्षकहरु

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सोमबार सहमति भएपछि व्यवसायीहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम…

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्। सोमबार शीतल निवासमा आयोजित…

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

प्रतिकृयाहरू
...