Saturday 3rd October 2026

अनेसास कुवेतले ९औं वार्षिकोत्सव तथा भानु जयन्ति एक साथ १२ जुलाइमा गर्ने


तितोपाटी – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले ९औं वार्षिकोत्सव तथा भानु जयन्ति एक साथ १२ जुलाइ २०१९ का दिन एक साहित्यीक कार्यक्रम गरि मनाउने भएको छ । सो कार्यक्रम पपिन्स हल जलिब कुवेतमा आयोजना  गर्ने निर्णय भएको कुरा आयोजकले तितोपाटी डट कम लाइ जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले ३१ मे २०१९ शुक्रबारका दिन गर्ने भनिएको ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम इस्लाम धर्मको पवित्र धार्मिक महिना रमजानका कारणले रोकिएकोमा भानु जयन्तिको अवसर पारेर वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम १२ जुलाई २०१९ शुक्रबारका दिन गर्ने भएको हो।

गत मेई३१ तारिकका दिन बसेको बैठकले वार्षिक उत्सव , २०६ औं भानु जयन्ति तथा साहित्य वाचन कार्यक्रम धुमधामसँग मनाउने निर्णय गर्दै कार्यक्रममा साहित्य प्रति रूचि राख्ने जो कोही पनि साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर उपस्थित भइ दिनु हुन बारे जानकारी गराउदै आयोजक मुल समितिका संयोजक प्रसाद तिम्सिनाले जानकारी दिएका हुन ।

कार्यक्रमको विवरणः

मिति :- १२ जुलाई २०१९ शुक्रबार ।
समय :- दिनको ठिक १२:३० बजे ।
स्थान :- पपिन्स हल जिलिप , कुवेत ।
आयोजक :- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टर ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...