Wednesday 11th March 2026

मंगला गाउँपालिका -३ बरंजामा खेल मैदान निर्माण कार्य शुरु


तितोपाटी – म्याग्दी जिल्लाको मंगला गाउँपालिका -३ बरंजामा गतिशील युवा क्लब र सरस्वती आमा समुहको सहकार्यमा खेल मैदान तथा भवन निर्माण कार्य शुरु भएको छ । अनुमानित २० लाखको लागतमा उक्त खेल मैदान निर्माण गर्न लागिएको क्लबका सचिब सुबास श्रेष्ठले तितोपाटीलाई जानकारी गराएका छन ।

“सचेत, संगठित सम्पूर्ण शक्तिको एकता, सभ्य समाज निर्माणमा हाम्रो प्रतिबद्धता” मुल नाराका साथ बि.स. २०६८ सालमा स्थापना भएको क्लबले विभिन्न सामाजिक कार्यमा पनि सक्रिय रहेको छ । स्थानीय रुपमा खेल विकासका लागि विभिन्न खेलकुद प्रतियोगिताहरु र कला संस्कृतिको संरक्षण गर्दै आइरहेको छ । केही समय पहिले क्लबको आयोजनामा स्वास्थ्य शिबिर पनि संचालन गरेको थियो । त्यसैगरी क्लबले बाटोघाटो मर्मत लगायत नदिहरुमा अस्थायी पुलको पनि निर्माण गर्दै आएको छ । खेलाडीले लामो समयदेखि खेल मैदानको अभाव भएको हुँदा कुनै पनि खेलको तयारी गर्न नसकिएको गुनासो गर्दै आएका छन । भलिबल खेलमा म्याग्दी जिल्ला मै बरंजाका खेलाडीहरु उत्कृष्ट स्थानमा पर्दछ । अब खेल मैदान सम्पन्न हुन लागेको हुँदा त्यस क्षेत्रका खेलाडीहरु पनि खुशी भएका छन ।
उक्त खेल मैदान बनाउनको लागि देश तथा बिदेशबाट सहयोग गर्ने सम्पुर्ण सहयोगी महानुभावहरुलाई क्लब सचिब सुबास श्रेष्ठले धन्यवाद व्यक्त गरेका छन । क्लबका अध्यक्ष गीता आचार्यले खेल मैदान निर्माण गर्नको लागि अझै केही रकम अभाव भएको हुँदा देश तथा बिदेशमा कार्यरत बरंजेलीहरु लाई सहयोगको याचना गरेका छन ।


सम्बन्धित शीर्षकहरु

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

प्रतिकृयाहरू
...