Friday 8th August 2025

टिकटकमा भाइरल भइ पैसा कमाउने नशाले चोरी, गलत बाटो अपनाउँदा प्रहरीको खोरमा


तितोपाटी – टिकटककमा भाइरल बनेर पैसा कमाउन खोज्दा भारतको उत्तर प्रदेशमा एक युवा प्रहरीको खोरमा पुगेका छन् । जतिन नागर नामका ति युवा टिकटकमा भाइरल हुन खोज्दैमा जेल परेका भने होइनन् । टिकटक मार्फत गुणस्तरीय भिडियो बनाइ पैसा कमाउनको लागि महंगो मोवाइल चोर्दा पक्राउ परेका हुन । उनको चाहना टिकटकबाट सुपरस्टार बनेर पैसा कमाउने थियो। तर यही चाहनाले यी २० वर्षे युवालाई जेल पुर्याइदियो।

हुन पनि  टिकटक वर्तमान समयमा निक्कै लोकप्रिय रहेको छ। टिकटकले थुप्रै अपरिचितहरूलाई परिचित बनाइदिएको छ। यो मानिसहरूका लागि लोकप्रियता बटुल्ने माध्यम बनेको छ। लोकप्रियताको भोक मानिसमा गज्जबकै हुन्छ। त्यो भोकमा मानिसले कहिलेकाँहि गर्न नहुने गल्ती गर्छ र सजायको भागिदार हुन्छ। त्यस्तै घटना भारतमा घटेको छ।

भारतीय प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेपछि घटनाको खुलासा भएको हो। ती गिरफ्तार गरिएका व्यक्ति टिकटकमा भिडियो बनाएर सुपरस्टार बन्न चाहन्थे। उनले त्यस इच्छालाई मूर्तरूप दिन महँगो फोनको आवश्यक्ता देखे। किन्ने हैसियत थिएन र फलस्वरूप सुपरस्टार हुने चाहानामा उनले महँगो फोनको चोरी गरे।

प्रहरीका अनुसार जतिन छाबंडा नाम गरेका एक व्यक्तिले आफ्नो आईफोन बिक्रीका लागि ८० हजार भारू मूल्य तोकेर अनलाइनमा राखेका थिए।

नागरले सो फोन किन्ने इच्छा व्यक्त गर्दै छाबंडासँग सम्पर्क गरे तर फोन किन्ने हैसियत नागरसँग थिएन। तैपनि उनले फोन किन्ने भन्दै छाबंडालाई बोलाए। त्यपछि उनीहरू फोनको मोलतोल गर्न लागे। नागर फोन किन्न सक्दैनथे। उनले गलत जुक्ती लगाए। मोलतोल चल्दाचल्दै उनी बिचमा नै फोन खोसेर भागे।

छाबंडाले प्रहरीमा त्यसको उजुरी गरे। सोहि उजुरीको आधारमा प्रहरीले ती युवकलाई पक्राउ गर्‍यो। आईफोन खोसेर भागेको उजुरीपरेपछि ती युवक पक्राउ परे। उनी पक्राउ परेपछि बयानका क्रममा उनको चोरीको उदेश्य खुलेको हो। पक्राउपछि ती युवकले आफूले टिकटकमा भिडियो बनाएर पैसा कमाउने गरेको र सो फोनमा भिडियो बनाउन आवश्यक सबै किसिमका सुविधा भएपछि खोसेर भागेको स्वीकारेको प्रहरीले बताएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई अमेरिकी आणविक पनडुब्बीहरू रूसको नजिक सारेको बताएको केही दिनपछि रूसी र चिनियाँ नौसेनाहरूले जापानको सागरमा…

दिल्ली, अगस्ट ६ , भारतले चाँडै नै फिलिपिनी पर्यटकहरूलाई निःशुल्क ई-भिसा प्रदान गर्नेछ, जुन दुई देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ…

उत्तरी भारतको उत्तराखण्ड राज्यको पहाडी गाउँमा मंगलबार बाढीको पानीको बाढीले कम्तिमा चार जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता…

प्रतिकृयाहरू
...