Sunday 25th October 2026

‘साथी’ – निर्मल स्याङतान तामाङ


साथी
दरिद्र सोच लिएर कुरा काट्छन,
मनभरी दु:ख पीडा बोक्छन साथीहरु ।।

थाहा हुन्न, अरुलाई सम्झाउँदै किन हिंड्दछन?
उनीहरूलाइ सम्झायो भने मुन्टो बटार्छन साथीहरू ।।

इर्स्या डाह गरी जल्छन भने जल्न देउ
एक दिन अवश्य पश्चात्तापले जल्नेछन साथीहरु ।।

धेरै पीर चिन्ता नराखौं मन मस्तिस्कमा,
त्यसले जिउँदो लास बनाउछ, बुझ्दैनन् साथीहरु ।।

स्वार्थी यो दुनियाँमा छल कपट सधैं हुन्छ यहाँ
सम्झी-सम्झी जल्ने दिन आउछ,भन्ने थाहा छैन साथीहरु ।।

किन गर्दैछौ, उपहास एकले अर्कालाई यहाँ
मरेपछी लैजानुछैन केही, किन सोच्दैनन साथीहरु ।।

सक्छौ राम्रा काम गर अजम्बरी रहने गरी,
भोली फर्की कदापी आउँदैनन् यी दिन साथीहरु ।।

कसैको कुभलो सोच्दाको पारिणाम पक्कै
आँफैले भोग्नु परे के के होला सोच अब साथीहरु ।।

समयले पर्खिदैन अब त केही गर
सबैको भलो चिताउँदै अघी बढ साथीहरु ।।

परोपकारले मात्र दिनेछ, तिमीलाई आनन्दको आभास,
गन्तव्यमा अबस्य पुग्न सकिन्छ, साहस गर साथीहरु ।।

निर्मल स्याङ्तान तामाङ
हाल कुवेत


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...