Monday 30th March 2026

सत्तारुढ दलकै नेता योगेश भट्टराई भन्छन -गुठी विधेयक स्थगित गरौं


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले सरकारले ल्याएको गुठी विधेयक स्थगित गरेर छलफल गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा आइतबार ट्वीट गर्दै भट्टराईले गुठी विधेयक बुझाउनु पर्नेले बुझाउन नसकेको र बुझ्नु पर्नेले बुझ्न कोशिस नै नगरेको उल्लेख गरेका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विधेयक स्थगित गरेर नयाँ शीराबाट अघि बढ्न आग्रह गरेका हुन्। उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू स्वदेश फर्कनु भयो। अब यो विधेयकलाई स्थगित गरी नयाँ शीराबाट अघि बढ्नु नै उपयुक्त होला।’

विधेयकलाई लिएर आगोमा रोटी सेक्नेहरु अवान्छित तवरले मिसिएको तथा साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थालेकोमा पनि सचेत हुनुपर्नेमा जोड दिएका छन्।

यस्तै सत्तारुढ दल नेकपाकी सांसद रामकुमारी झाँक्रीले पनि विधेयक फिर्ता लिन माग गरेकी छन्।

उनले ट्वीट गर्दै भनेकी छन्, ‘यो विधेयक फिर्ता लिई अर्को मस्यौदा गर्न उचित हुन्छ।’ गुठी विधेयकका व्यवस्थाले भावनात्मक रुपमा सबै क्षेत्रका गुठीको सम्बोधन गर्न नसकेको उनको भनाइ छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...