Sunday 11th January 2026

राजस्थानकी सुमन राव बनिन् ‘फेमिना मिस इण्डिया २०१९’


तितोपाटी –  फेमिना मिस इन्डिया २०१९को ताज राजस्थानकी सुमन रावले जितेकी छिन् । फेमिना मिस इन्डिया २०१९ प्रतियोगितामा कुल ३० प्रतियोगीको सहभागिता रहेको थियो । मिस इण्डिया भारतको राष्ट्रिय प्रतियोगिता हो भने यो प्रतियोगिता विजेताले मिस युनिभर्स प्रतियोगिता र उपविजेताले मिस वर्ल्ड प्रतियोगितामा सहभागिता जनाउन सक्दछन् ।

मुम्बईको सरदार वल्लभ भाई पटेल स्टेडियममा आयोजित मिस इन्डिया प्रतियोगितामा नायिका हुमा कुरैशी,चित्रंगदा शिंह, रेमो डिसुजाको समेत उपस्थिती रहेको थियो । सुमन रावलाई मिस इन्डिया २०१८की विजेता अनुकृति दासले ताज पहिर्याइदिएकी थिइन् ।

मिस इन्डिया २०१९को विजेता सुमन चार्टर्ड एकाउण्टेन्टकी विद्यार्थी हुन् । सुमनले प्रतियोगितामा अरुले असामान्य मानेका कुराहरु पनि गर्ने हिम्मत राख्ने गरेकाे बताउँदै आफु जीवनमा सबैभन्दा बढी आफ्ना आमा बुवाबाट प्रभावित भएको बताएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...