Wednesday 11th March 2026

ह्वाट्सएपमा पेस्तोलले कन्चटमा ताकेको तस्वीर राखेर आत्महतया


तितोपाटी – एक जोडीले धेरैलाई अचम्मित पार्ने गरी आत्महत्या गरेका छन्। भारत राजस्थानको बाडमेर जिल्लामा एक जोडीले एक अर्कालाई गोली हानेर आत्महत्या गरेका हुन्।

आत्महत्या पहिले उनीहरुले सामाजिक सञ्जाल ह्वाट्सएप ग्रुपमा एउटा तस्बिर राखे। सञ्जालमा राखिएको उक्त तस्बिरमा दुबैले एक अर्काको कनचटमा पेस्तोल ताकेको देखिन्छ। उक्त फोटो उनीहरुले ह्वाट्सक ग्रुपमा पनि राखेका छन् र केहीलाई अडियो म्यासेज पनि गरेका थिए। जसमा भनिएको थियो ‘हाम्रो कारण कसैलाई समस्या नहोस्।’ आत्महत्या गर्नुअघि युवकले आफ्ना भाइलाई पनि फोन गरेका थिए। तर धेरे कुरा गरेनन्।

स्थानीय पत्रिकाका अनुसार आत्महत्या गरेकी १८ वर्षीया युवती विवाहित थिइन्। उनको दुई महिना पहिले मात्रै विवाह भएको थियो। विवाहपछि पनि युवती अर्कै केटासँग प्रेम सम्बन्धमा थिइन्। जसका कारण युवतीको परिवारमा समेत तनाव हुने गरेको थियो। जसका कारण युवतीसहित उनको प्रेमीले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ।


सम्बन्धित शीर्षकहरु

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

प्रतिकृयाहरू
...