Wednesday 28th January 2026

ह्वाट्सएपमा पेस्तोलले कन्चटमा ताकेको तस्वीर राखेर आत्महतया


तितोपाटी – एक जोडीले धेरैलाई अचम्मित पार्ने गरी आत्महत्या गरेका छन्। भारत राजस्थानको बाडमेर जिल्लामा एक जोडीले एक अर्कालाई गोली हानेर आत्महत्या गरेका हुन्।

आत्महत्या पहिले उनीहरुले सामाजिक सञ्जाल ह्वाट्सएप ग्रुपमा एउटा तस्बिर राखे। सञ्जालमा राखिएको उक्त तस्बिरमा दुबैले एक अर्काको कनचटमा पेस्तोल ताकेको देखिन्छ। उक्त फोटो उनीहरुले ह्वाट्सक ग्रुपमा पनि राखेका छन् र केहीलाई अडियो म्यासेज पनि गरेका थिए। जसमा भनिएको थियो ‘हाम्रो कारण कसैलाई समस्या नहोस्।’ आत्महत्या गर्नुअघि युवकले आफ्ना भाइलाई पनि फोन गरेका थिए। तर धेरे कुरा गरेनन्।

स्थानीय पत्रिकाका अनुसार आत्महत्या गरेकी १८ वर्षीया युवती विवाहित थिइन्। उनको दुई महिना पहिले मात्रै विवाह भएको थियो। विवाहपछि पनि युवती अर्कै केटासँग प्रेम सम्बन्धमा थिइन्। जसका कारण युवतीको परिवारमा समेत तनाव हुने गरेको थियो। जसका कारण युवतीसहित उनको प्रेमीले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...