Saturday 10th May 2025

सईले यौनदासी बनाएकी श्रीमतीलाई श्रीमानकाे साथ


श्रीमतीलाई पटक–पटक यौन हिंसा गर्ने परपुरुषबाट बचाउँदै न्याय दिलाउन एक श्रीमान् संर्घषरत छन् । न्याय माग गर्दा श्रीमान् श्रीमती दुबै ज्यानमार्ने हदसम्मका धम्की र दबाब सहिरहेका छन् । नेपाल समाचार पत्र दैनिकबाट साभार ।

समाजमा यस्ता श्रीमान् पनि छन् जो श्रीमतीलाई परपुरुषले यौनदासी बनाउँदा न्यायका लागि लडिरहेका छन् । भन्छन्, श्रीमतीको खुशिका लागि जे गर्न पनि तयार छु ।

उनकै प्रयासमा पीडक प्रहरी नायव निरीक्षक (सई) रामविनोद राय यादव अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा छन् ।

पीडितका श्रीमानले नेपाल समाचारपत्रलाई जानकारी गराएअनुसार, ‘जतिखेर मेरी श्रीमतीले रुँदै सबै पीडा पोखिन्, मैले सबै रिस र कुण्ठा दबाएर यादवलाई भने, जे भयो भयो अब त्यसो नगर्नुस्, मेरो घर परिवार सबै विग्रन्छ’–श्रीमान्ले भने–‘उल्टै धम्की दिदै श्रीमती छाड्न र मलाई फसाउन प्रपन्च रच्यो ।’

श्रीमानले भने– ‘कतिसम्म भने भाटभटेनी सुपरमार्केटमा काम गर्ने एक महिलालाई हुँदै नभएको घटना बनाएर बानेश्वर प्रहरी चौकीमा जर्बजस्ती करणीको उजुरी गराए । महिला आफैले प्रहरीका सई रामविनोद रायले फसाउने नियतका साथ उजुरी गर्न लगाएको बताएपछि उल्टै प्रहरीले हप्काएर पठायो । त्यसको कागज अझै सुरक्षित छ ।’

प्रहरी प्रधान कार्यालय नक्सालमा समेत पटक पटक माफी माग्दै लिखित कागज गरेका सई यादवले पेस्तोल देखाउँदै म र मेरो श्रीमतीलाई अलग गराउने षढ्यन्त्र गरे । हामी दुबैले त्यो षढ्यन्त्र पूरा हुन नदिन प्रहरी कार्यालयमा उजुरी दियांै ।’

प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाएपछि हिरासत भित्रैबाट सई यादवले श्रीमान्–श्रीमतीबीच झगडा गराउने योजना बनाए । ‘२०७६ जेष्ठ २५ गते शनिबार दिउँसो दुबै जनालाई घरबाट आफन्त भेट्न आएका छन् धुलिखेल आउनु भन्दै बोलाए । धुलिखेलमा यादवका सबै परिवार र आफन्त बोलाएर राखिएको रहेछ ।

मुद्दा चलुञ्जेल उनीहरु धुलिखेलमै अड्डा जमाएर बसेका छन् । शनिबारको दिन म पनि विदा लिएर धुलिखेल गएको थिएँ । मैले रक्सि पनि खाएकोे थिईन । मलाई उल्टै रक्सि खाएको भन्दै केही लठैत पठाएर कुटपिट गरे ।

हामीलाई यादवको मुद्दा फिर्ता लिएर मिल्न दबाब दिएका छन् । जेलबाट २० लाख तिरेर निस्केपछि तिमीहरु दुबैलाई मारिदिन्छु भन्ने धम्की पनि आइरहेको छ’–श्रीमान्ले भने ।

श्रीमान्ले जानकारी दिए, सई यादव इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत छन् । रौतहट गौर घर भएका यादवका चारवटा छोरी र एक छोरा छन् । छोरा एमविविएस पढ्दै छन् । ‘तीन छोरीको विवाह गरी नाति नातिना भइसकेका यादवले मेरी श्रीमतीलाई पटक–पटक मानसिक, शारीरिक यातना दिएको कुरा प्रहरीकोमा पहिल्यै उजुरी गरिसकेका थियौं ।’

‘श्रीमतीले कि मर्नु र कि श्रीमानलाई भन्नु बाहेक अर्काे उपाय नदेखेपछि म सँग भनिन’–उनले भने–‘मर्दापर्दा साथ दिने हामी दुई मात्रै भएकाले हामीले प्रहरीकोमा उजुरी गर्ने निर्णय गरेका हौं । म उनलाई जस्तो अवस्थामा पनि साथ दिन्छु उनले पनि त्यहि कसम खाएकी छिन्’–उनले भने ।

श्रीमान्ले आँखाभरि आँसु पारेर भने, ‘म टुहुरो हुँ, नेपाली सेनाको सिपाही पदमा कार्यरत छु । अफिसकै सहयोगले अन्याय विरुछ लड्न सक्ने क्षमता बढेको छ ।’

रामविनोदय राय यादव विरुद्ध नक्सालमा भएको जर्बजस्ति करणीको अभियोगमा दिएको उजुरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा चलिरहेको छ ।

पीडित महिलाको भनाइ
१७ वर्षको उमेरमा रामविनोद राय यादवले मलाई घरमै आएको बखत फकाई फकाई एप्पल जुसमा निन्द्रा लाग्ने औषधी राखेर लँजमा पु¥याई जर्बजस्ति यौनसम्पर्क राख्यो । त्यसको भिडियो खिचेर फिल्म बनायो । पटक पटक त्यहि देखाएर यौन हिंसा गरिरह्यो ।

म स्थानीय विद्यालयमा पढ्दैै थिएँ, विवाहको कुरा चल्यो । जनकपुरमा भाइ र म गएर केटा भेट्यौ । विवाहका लागि हामी तयार भयौं तर त्यहि सई यादवले भाड्न खोज्यो । धम्क्यायो ।’ विवाह गर्न नदिने षढ्यन्त्र रच्यो । तर ऊ सफल भएन र विवाह पछि पनि हामीलाई अलग गराउन पटक पटक जर्बजस्ति ग¥यो ।

शैक्षिक प्रमाणपत्र र नागरिकता समेत कब्जामा लिएको छ, मुद्दा फिर्ता नलिंदासम्म नदिने बताएको छ । श्रीमानलाई त्यागे जनकपुरमा तीन तल्ले घर किनेर पार्लर समेत राखिदिन्छु भनेको थियो, म बरु मर्न तयार छु, श्रीमान्लाई छाड्दिनँ भनेपछि उसले श्रीमान् र मलाई अनेक ढंगबाट फसाउने प्रपन्च ग¥यो । विवाहपछि कोठाबाटै उठाएर दुई रात तीन दिन बेहोस बनाएर जर्बजस्ती ग-यो, मलाई सडकमा छाडेर प्लेन चढेर जनकपुर पुगेर फोटो फेसबुकमा पोस्ट गरेर साँचिलो बन्यो, यता मेरो श्रीमान् मलाई खोजेको खोज्यै हुनु भयो । सबै कुरा भनेपछि प्रहरीकोमा उजुरी दिन पुग्यौं ।

अर्काे पटक रक्षाबन्धनको दिनमा कोठामै आई कञ्चटमा पेस्तोल राखेर जर्बजस्ति गरेर भाग्यो । यस्ता थुप्रै हर्कतहरु सहें तर श्रीमान् छाड्न सकिनँ । श्रीमान्ले पनि मलाई छाड्ने कुरा कहिल्यै गर्नु भएन । अहिले पनि सबै कुरा सविस्तार पत्रकारलाई भन, म साथ दिन्छु भन्नुभएको छ ।

६ दिदी बहिनीमध्ये ५ जना छौं । दुईवटा भाई छन् । माईली दिदीको सई रामविनोद राय यादवको कान्छो भाई अमोद यादवसँग गौरमा विवाह भएको थियो । ७/८ वर्षअघि घरभित्रै जलाएर उसैले मा-यो । पेटमा बच्चा थियो । दाइजो नल्याएको निहुँमा उसैले घरभित्रै आगो लगाएर जलायो । उपचार गर्न ल्याउने भन्दै काठमाडौको पशुपतिमा जलायो । कसैलाई उजुरी गर्न दिएन । पुनः दबाबमा मेरो साईली दिदीको उसैसँग विवाह गरिदियो । नाताले भिनाजु पर्ने सई यादवले मलाई पनि त्यसै गर्छु भनेर धम्क्याउँछ । तेरो दिदी मारेको कसैले केही गर्न सकेन, तँ र तेरो लोग्ने दुबैलाई मारिदिन्छु भन्छ ।

मुद्दामा मिलापत्र गर्न मलाई दबाब दिएको छ । शिर कट्छ मेरो म मिल्न सक्दिनँ । मेरो आँशु जति बगेको छ, त्यसलाई कारवाही हुनुपर्छ । श्रीमान्ले अदालतमा पनि नढाँट्नु भन्नुभएको छ ।

बाईक चोरीमा समेत श्रीमानलाई फसाउन खोज्यो । तर सकेन । प्रहरी सुुरेन्द्र ठाकुरलाई सई यादवले यस्तै काममा प्रयोग गर्ने गरेको छ । बाबु आमा नभएकाले मामाहरुको सहारामा बस्दासमेत उसले मुख नै देखाउन नहुने गरी बदनाम गरायो । महिला भएर बाँच्न कठिन छ । तर श्रीमान् बुझ्ने हुँदा मलाई समस्या छैन । समस्या त्यही छ, यसको दबाब र अन्याय कति सहनु ? तर, प्रहरीले पनि साथ दिनुभएको छ । उहाँहरुकै सहयोगले न्याय पाउँछु कि भन्ने आस जागेको छ ।


सम्बन्धित शीर्षकहरु

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको…

प्रतिकृयाहरू
...