Monday 30th March 2026

नेपाल वायुसेवा निगमको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ


तितोपाटी- काठमाडौंबाट दिल्लीका लागि उडान भर्ने तयारी गरेको जहाज दुर्घटनाबाट जोगिएको हो । कल साइन २०५ को एयरबस ३२०–२०० जहाज आइतवार विहान ८ बजे दिल्लीको जाने तयारी गर्दै रनवेमा आएपछि पुन पार्किङ तर्फ गएको थियो । यसरी फर्कनुको कारण हो जहाजमा इन्टरनलर रेफ्रिरेन्स सिस्टम(आईआरएस) अन नगरिनु । आइआरएस अन नगरि विमान पार्किङ स्थलबाट रनवे तर्फ लगिएको थियो ।

पाकिस्तानी पाइलट मोहमद घानी र नेपाली को पाइलट उद्धव घिमिरेले ख्याल नगर्दा सिस्टम नै अन नगरी विमान रनवेमा लगिएको थियो । टेक अफको तयारी गर्दै गर्दा सिस्टम अन नभएको थाहा भएपछि विमानलाई पुन पार्किङमा लगिएको थियो ।

आईआरएस सिस्टमले पूर्ण रुपमा काम गर्न करीब १० मिनेटको समय लाग्छ । यदी आईआरएस सिस्टम अन नगरी विमानले उडान भरेको भए ठूला दुर्घटना हुन सक्ने सम्भावना हुन्थ्यो । तर रनवेमा पुगेपछि सिस्टम अन नभएको बारे थाहा पाएसँगै ठूलो दुर्घटनाबाट विमान जोगिएको छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...