Thursday 28th August 2025

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीस युवालाई रोजगारी


तितोपाटी- पाल्पाको रम्भा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत तीस युवालाई रोजगार दिन थालेको छ । बेरोजगार नागरिकलाई रोजगार दिने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा गाउँपालिकाले ३० जनालाई छनोट गरी रोजगार दिन लागेको होे । यस कार्यक्रमका लागि गाउँपालिकामा ४५० ले बेरोजगारी फारम भरेका थिए ।

गाउँपालिका–३ पिपलडाँडाको बेलपानीदेखि मौलाथरसम्मका लागि मोटरबाटो स्तरोन्नत्तिका लागि रु चार लाख रकम विनियोजन गरी काम थालिएको गाउँपालिकाका अधिकृत भक्तजङ्ग रानाले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममार्फत सडक स्तरोन्नत्ति, साना÷साना पूर्वाधार निर्माण, श्रममूलक काम, सडक निर्माण, कृषि, सिँचाइ, ग्रामीण खानेपानी, शिक्षा, वन, जलाधार क्षेत्रमा गर्न १८ वर्ष देखि ५० वर्ष सम्मका बेरोजगार नागरिक सहभागी हुन पाउने भएका छन् । –रासस


सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...