Monday 30th March 2026

प्रधानमन्त्री ओली युरोप भ्रमणमा प्रस्थान, यस्तो छ भ्रमण कार्यतालिका


तितोपाटी- स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागि हुँदै सुरु हुने प्रधानमन्त्री ओलीको युरोप भ्रमण बेलायत र फ्रान्सको राजकीय भ्रमण हुँदै सकिनेछ ।जेनेभाको भ्रमण सकेर प्रधानमन्त्री ओली जेठ २७ गते बेलायत पुग्नेछन् । प्रधानमन्त्री ओली नेपालको सबैभन्दा पुरानो कुटनीतिक सम्बन्ध रहेको देश बेलायतमा तीन दिन रहनेछन् ।

प्रधानमन्त्रीले बेलायती समकक्षी प्रधानमन्त्री टेरेसा मेसँग जेठ २८ गते भेटवार्ता हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले बेलायती समकक्षी समक्ष द्विपक्षीय हितका सार्थ भूपू गोर्खा सैनिकका बारेमा छलफल हुने कार्यक्रम छ ।

यस्तै प्रधानमन्त्री ओलीले जेठ २७ गते अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । बेलायतको भ्रमणपछि प्रधानमन्त्री ओली फ्रान्स पुग्नेछन् । फ्रान्स भ्रमणका क्रममा दुई मुलुकबीच व्यापार तथा लगानी प्रवद्र्धन सम्बन्धी सम्झौता हुने भएको छ । त्यहाँ दुई देशको ‘वान टु वान’ मिटिङमा सहभागी हुने कार्यक्रम तय भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल र फ्रान्सबीच पर्यटन, प्रविधि र दुई पक्षीय निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्ने कार्यक्रममा सम्झौता गरिने तयारी गरिएको छ ।समग्रमा प्रधानमन्त्रीको युरोप भ्रमण आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन केन्द्रित हुनेछ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...