Thursday 28th August 2025

दुई वटा सुरुवाल लगाएर आएकी सवनम खोलामा फेलापरिन्


तितोपाटी- रुपन्देही जिल्लामा युवती हत्या अभियोगमा असिरुद्धिन मुसलमान पक्राउ परेका छन् ।प्रेमिकाले विवाहका लागि दवाव दिँदा मुलमानले आफ्नै प्रेमिकाको हत्या गरेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गैडहवा गाउँपालिका वडा नम्बर १ बस्ने मुसलमानले प्रेमिका स्थानीय सवनम नाउँको हत्या गरेका हुन् ।

सवनम वैशाख ३० गते राति आफ्नै घरबाट हराएकी थिइन् । जेठ १ गते घर नजिक रुपन्देही र कपिलवस्तुको सीमास्थित सुख्खा खोलामा सबनम मृत अवस्थामा फेला परेकी थिइन् ।

घरनजिकै बस्ने मुसलमानसँग मायाप्रेम रहेको अनुसन्धानका क्रममा खुलेको र मायाप्रेमकै कारण सवनमको हत्या मुसलमान र उनका साथीहरू मिलेर गरेको रुपन्देही जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक हृदय थापाले बताएका छन् ।

मृतकले आफ्ना प्रेमीलाई विवाह गर्न दवाब दिएको तर नमानिरहेको अवस्थामा घटनाका दिन राति सवनमलाई मुसलमानले घरबाट बाहिर निस्कन लगाएर ५०० मिटर पर लगी घाँटीमा सलले कसेर हत्या गरेको अनुसन्धानले देखाएको थापाको भनाई छ ।

मृतकले २ वटा सुरुवाल लगाएको फेला परेको छ । घरबाट भागेर जाने भनेर मुसलमानले दुईवटा सुरुवाल लगाएर आउन भनेको अहिले विवाह नगरौँ भनेपछि सवनमले २ झापड गालामा हिर्काएको बयान पक्राउ परेका मुसलमानले दिएका छन् ।

आक्रोशित मुसलमानले साथीहरू बोलाएर सवनमको घाटीमा पछ्यौराले कसेर हत्या गरेका थिए ।

उनीहरूले हत्या लगत्तै सवनमको मृत शरीरलाई कसैले नदेखोस् भनि घाँसपातले सोही स्थानमा छोपी गएको र भोलिपल्ट पुनः त्यहा राति आएर शवलाई नजिकैको सुख्खा खोलामा छाडेर गएको अनुसन्धानमा खुल्न आएको छ ।

मुसलमान र उनका साथी अस्लम दुवै जना घटनाकै दिनदेखि फरार थिए । उनीहरूलाई ईलाका प्रहरी कार्यालय लुम्बिनीले नियन्त्रणमा लिएको छ ।

यो घटनामा थप एक जना संलग्न रहेको र छिटै नियन्त्रणमा लिने प्रहरीले जनाएको छ ।a


सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...