Wednesday 27th August 2025

नयाँ दिल्लीबाट फर्किए प्रधानमन्त्री


तितोपाटी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन्।

दुई दिने भारत भ्रमणपछि फर्किएका उनले त्रिभुवन विमानस्थलमा संचारकर्मीहरुसँग भने कुनै प्रतिक्रिया दिएनन्। प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुवाष नेम्वाङलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे।

त्यस अवसरमा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो। भारत भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले आज बिहान नयाँदिल्लीको हैदरावाद हाउसमा मोदीसँग भेटवार्ता गरे।


सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...