Sunday 25th October 2026

एनआरएनए एनसीसी कुवेतको महाधिवेशन अगष्ट २ तारिकमा सर्यो


तितोपाटी – गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन एक हप्ता पछि सरेको छ । एनसीसी कुवेतले हिँजो एक सूचना प्रकाशित गरि आगामी जुलाइ २६ तारिक गर्ने भनिएको एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन बहराइनमा पनि सोही मितिमा राष्ट्रिय महाधिवेशन हुने भएपछि आइसीसीको निर्देशनमा एक हप्ता पछि सार्नु परेको जनाउँदै आगामी अगष्ट २ तारिक महाधिवेशन गर्ने गरि मिति सारिएको जनाएको छ ।

एनसीसी कुवेतकी अध्यक्ष सुमित्रा देवी पाैडेल तथा महासचिव हरि लावतीद्वारा हस्ताक्षरित सूचना अनुसार आगामी जुलाइ २६ तारिक एनसीसी कुवेतको राष्ट्रिय महाधिवेशन गर्ने भनिएकोमा सोही दिन एनसीसी बहराइनको समेत राष्ट्रिय महाधिवेशन परेकोले आइसिसीको निर्देशन बमोजिम एक हप्ता पछि अगष्ट २ तारिक एनसीसी कुवेतको राष्ट्रिय महाधिवेशन गर्न लागिएको जनाउँदै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाइदिनुहुन पनि एनसीसी कुवेतले कुवेतमा कृयाशिल संघ सँस्था तथा सर्व साधारण सबैमा अनुरोध गरेको छ । हिँजो प्रकाशित सूचना अनुसार यस अघि पञ्जिकृत सदस्यको लागि सदस्यता शुल्क कुवेती दिनार २केडि ५०० फिल्स तोकिएकोमा सो मा समेत परिमार्जन गरि २ केडि मात्रै कायम गरिएको पनि जनाइएको छ ।

एनसीसी कुवेतको सूचना जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...