Tuesday 10th March 2026

सिक्किमको नयाँ मुख्यमन्त्रीमा पिएस गोले, नेपाली भाषामै लिए सपथ


तितोपाटी – सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष प्रेमसिंह तामाङले सोमबार सिक्किमको मुख्यमन्त्रीको सपथ लिएका छन् । सिक्किममा पिएएस गोलेको नामले प्रख्यात तामाङले राज्यपाल गंगाप्रसादबाट सपथ लिएका हुन् । अध्यक्ष तामाङले नेपाली भाषामा सपथ लिएका थिए । उनका साथमा ११ जना विधायकले सपथ लिएका छन् ।

शनिबार उनी एसकेएम विद्यायक दलका नेता चुनिएका थिए । यद्यपि, तामाङ चुनाव नलडेका कारण अहिले राज्य विधानसभा सदस्य भने छैनन् । हज्जारौं समर्थकहरुका बीच पलजोर रंगशालामा उनले नेपाली भाषामा सपथ लिएका थिए । नेपाली भाषामा सपथ लिइरहँदा ५१ वर्षीय तामाङ निकै उत्साहित देखिन्थे ।

सन् २०१३ मा गठन भएको एसकेएमले ३२ सदस्यीय सिक्किम विधानसभामा १७ सिट जितेको छ । पूर्वमुख्मन्त्री पवन चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्टले भने १५ सिट जितेको छ । २४ वर्षदेखि नेतृत्व गर्दै आएको चाम्लिङ सरकारलाई एसकेएमले धक्का दिएको छ । तामाङसँगै ११ मन्त्रीहरुले सपथ लिइरहँदा हलमा खचाखच समर्थक र सर्वसाधारणहरु निकै उत्साहित देखिन्थे ।

मन्त्रीको रुपमा सपथ लिने ११ जनामा कुंगा निमा लेप्चा, सोनम लामा, बेदुसिंह पन्थ, डा.मणिकुमार शर्मा, अरुणकुमार उप्रेती, सन्दुप लेप्चा, लोकनभाथ शर्मा, मिङ्मा नोर्बु शेर्पा, कर्मा लोडय भुटिया, भीम हैंग लिम्बु र सञ्जित खरेल रहेका छन् । तामाङको मन्त्रीमण्डलमा कोही महिला प्रतिनिधि छैनन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...