Monday 30th March 2026

एयरहोस्टेजको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने युवा पक्राउ


तितोपाटी- एयरहोस्टेजको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङ जिल्ला घोराही उपमहानगरपालिका-१५ घर भई हाल काठमाडौँ जिल्ला काठमाडौँ लैनचौर बस्ने वर्ष २६ को भरत खड्का रहेका छन् ।

खड्कामाथि काठमाडौँ गल्फुटार बस्ने क्रिपा लिम्बु, उर्मिला चौधरी र गोमा विश्‍वकर्मालगायतलाई एयर होस्टेजको जागिर लगाइदिन्छु भनी ६ लाख ठगी गरी सम्पर्क बिहिन भएको आरोप लागेको छ।

उनीहरुको जाहेरीका आधारमा खड्कालाई बालाजुबाट पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको अपराध महाशाखाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...