Wednesday 27th August 2025

एयरहोस्टेजको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने युवा पक्राउ


तितोपाटी- एयरहोस्टेजको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङ जिल्ला घोराही उपमहानगरपालिका-१५ घर भई हाल काठमाडौँ जिल्ला काठमाडौँ लैनचौर बस्ने वर्ष २६ को भरत खड्का रहेका छन् ।

खड्कामाथि काठमाडौँ गल्फुटार बस्ने क्रिपा लिम्बु, उर्मिला चौधरी र गोमा विश्‍वकर्मालगायतलाई एयर होस्टेजको जागिर लगाइदिन्छु भनी ६ लाख ठगी गरी सम्पर्क बिहिन भएको आरोप लागेको छ।

उनीहरुको जाहेरीका आधारमा खड्कालाई बालाजुबाट पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको अपराध महाशाखाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...