Friday 17th January 2025

कान्तिपुर नवाैं हाफ म्याराथन “एन्टि पोलुसन रन” सम्पन्न, ३५ सय सहभागी


तितोपाटी – नवाैं कान्तिपुर हाफ म्याराथन काठमाण्डाैंमा सम्पन्न भएको छ ।  ‘एन्टी पोलुसन रन’ को नारा दिइएको कान्तिपुर हाफ म्याराथनको नवौं संस्करणमा करिब ३ हजार ५ सयले सहभागिता जनाएका थिए । कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालय थापाथलीबाट शनिबार बिहान ७ बजेदेखि सुरु भएको थियो । ५ किमि कर्पोरेट र मिडिया दौडमा पुरुषतर्फ १ हजार ४ सय र महिलातर्फ ८ सय १५ जनाले फारम भरेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले दौडको उद्घाटन गरेका थिए ।

नवौं संस्करणको कान्तिपुर हाफ म्याराथनको पुरुषतर्फको उपाधि अनिश थापामगरले जितेका छन् भने महिलातर्फ विश्वरुपा बुढाले उपाधि हात पारिन्। यसैगरी पुरुषतर्फ दुर्गा बुढा दोस्रो र कृष्ण बस्नेत तेस्रो भए।महिलातर्फ विश्वरुपा बुढाले उपाधि हात पारिन् भने दोस्रो सन्तोषी श्रेष्ठ भइन्।

यस्तै कान्तिपुर हाफ म्याराथन अन्तर्गत ५ किलोमिटर कर्पोरेट एन्ड मिडिया दौडको उपाधि पुरुषतर्फ राजेश खड्काले जितेका छन्। साविक विजेता अजय तामाङलाई करिव ३५ सेकेन्डले पछि पार्दै राजेशले १७ मिनेट २०.०८ सेकेन्डमा निर्धारित दुरी पुरा गरे।

ह्विलचेयर विधामा पुरुषतर्फ त्रिभुवन आर्मीका रामबहादुर तामाङ र महिलातर्फ यामी झाँक्रीले उपाधि रक्षा गरेका छन्। गत संस्करणमा पनि यी दुई च्याम्पियन बनेका थिए।

हाफ म्याराथनको पहिलो छ स्थानमा रहने महिला र पुरुष विजेताले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाएका छन्। त्यसबाहेक महिला र पुरुष दुवै विधाका विजेतालाई हिरोको डुएट स्कुटर पाएका छन्।

कर्पोरेटतर्फका विजेतालाई बैंककमा ३ रात र ४ दिनको घुम्ने प्याकेज उपलब्ध गराइएको छ। त्यस्तै दोस्रो हुनेलाई पोखरामा २ रात र ३ दिनको घुम्ने प्याकेज तथा तेस्रो हुनेलाई माउन्टेन फ्लाइटको टिकट प्रदान गरिएको छ। ह्विलचियरतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पाए।

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको ‘कान्तिपुर हाफ म्याराथन’ थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिएको थियो।

कर्पोरेट दौड सेन्ट्रल बिजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट घुम्ति लगाएर पुनः बानेश्वर मन्डला, माइतीघर, थापाथली हुँदै सेन्ट्रल बिजनेस पार्कमा गएर टुंगियो। सेन्ट्रल बिजेनस पार्कबाटै सुरु भएको ह्विलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्काे लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगियो।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको ‘कान्तिपुर हाफ म्याराथन’ को मुख्य प्रायोजक सिटिजन्स बैंक रहेको छ। नेपाल लाइफ इन्स्योरेन्स, हिरो मोटरसाइकल, सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले इन एसोशिएसनको रुपमा रहेका छन्।


सम्बन्धित शीर्षकहरु

देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या बढ्दो छ ।नेपाल राष्ट्र…

दुई दिन पहिले मात्र ईजरायल हमास बिच युद्ध विराम संझौता भए पनि ईजरायल ले गाजामा आफ्नै हवाई आक्रमण झन तिब्र…

वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने 'सोनाम ल्होछार २८६१' को अवसरमा आयोजना हुने सांगीतिक कार्यक्रमको…

प्रतिकृयाहरू
...