Monday 25th August 2025

उपराष्ट्रपति पुन भोली अष्ट्रिया जाँदै, यस्तो छ भ्रमण तालिका


तितोपाटी- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ यूरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि भोली (आईतबार) विहान त्यसतर्फ प्रस्थान गर्न लागेका छन् ।

उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन जान लागेका हुन् ।

उपराष्ट्रपति पुन कतार एयरवेजको विमानमार्फत आइतबार विहान ९ः२० बजे दोहा हुँदै अष्ट्रिया प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी हुन्छन् ।

अष्ट्रिया भ्रमणको क्रममा उपराष्ट्रपति पुनले जेठ १४ गते आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्नेछन् । भ्रमणको क्रममा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनसँग शिष्टाचार भेट गर्नेछन् ।

उपराष्ट्रपति पुन भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । सो केन्द्र भियनाको बहुपक्षीय कूटनीतिक केन्द्रको रुपमा रहेको छ ।

अष्ट्रियामा रहँदा उपराष्ट्रपतिले अष्ट्रियास्थित नेपाली राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन् ।

भ्रमणको क्रममा उनले अष्ट्रियामा रहनुभएका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । उपराष्ट्रपति पुन भ्रमण सकाएर जेठ १८ गते स्वदेश फर्किनेछन् ।

आर–२० युरोपका शक्तिशाली २० मुलुकहरुको समूह हो । यो वातावरण कार्वनडाईअक्साइड उत्सर्जन गर्न बढी जिम्मेवारी औद्योगिक देशहरुको समूह हो ।

संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य र पेरिस संझौताका जनादेशहरु हासिल गर्न सहयोग हुने गरी अष्ट्रियामा हरेक वर्ष यो सम्मेलन हुँदै आएको छ । सम्मेलनमा विभिन्न मुलकका राष्ट्रपति, उपप्रमुख तथा प्रधानमन्त्रीहरु सहभागी हुनेछन् ।


सम्बन्धित शीर्षकहरु

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

प्रतिकृयाहरू
...