Monday 30th March 2026

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको आठौ अधिवेशन आगामी ६ सेप्टेम्बरमा हुने


तितोपाटी – माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको आठौ अधिवेशन आगामी सेप्टेम्बर महिनाको ६ तरिक हुने भएको छ । बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको उक्त सँस्थाको जगेर्ना कोषको ११५ अाैं   मासिक बैठकले केही महत्वपूर्ण बिषयमा छलफल गर्दै आगामी ६ सेप्टेम्बरमा अधिवेशन गर्ने तय गरेको हो ।

कुवेत नगरीमा सबै भन्दा पुरानो तथा विशेषगरी खेलकुद क्षेत्रलाइ अगाड़ी बढाउँदै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । क्लवका अनुसार, आगामी नेतृत्वले अझ सशक्त रुपमा अगाडि बढ्दै आफ्नो कार्ययोजना सफल पार्ने छ । क्लवको नयाँ नेतृत्वको लागि को-को प्रतिश्पर्धामा छन त भन्ने सवालमा क्लवले भनेको छ, “कसैले प्रतिश्पर्धा गर्ने छैनन् जुन संस्था प्रति इमान्दार र स्वच्छ छवि भएको र संस्थालाई आत्मसात गर्दै अगाडि बढाउन सक्षम छ त्यस्तो ब्यक्तित्व नै नयाँ नेतृत्वमा सर्व-सहमतिमा चुनिने छ ।

आठौ अधिवेशन सेप्टेम्बर ६ तारिक शुक्र्बार दिन काँहा र कुन ठाँउ मा गर्ने हो भन्ने क्लबले चाडै मिडिया मार्फत जानकारी दिने अध्यक्ष ईन्द्र पोखरेलले बताएका छन्। साथै उक्त अधिबेशनलाई भव्य र सभ्य रूपमा सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको अनुरोध गर्दै उक्त दिन कृयाशील संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नजुधाइ दिनु हुन आयोजक: माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ कुबेतले हार्दिक अनुरोध गरेकाे छ।

अधिवेशन कार्यक्रमको विवरण

कार्यक्रम: आठौ अधिबेशन
समय: बिहान ११ बजेदेखि
मिति: ६ सेप्टेम्बर २०१९ शुक्रबार
स्थान : हल तय नभएको हलको खोजीमा
आयोजक : माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेत


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...