Tuesday 11th November 2025

धादिङमा कारागारका कैदी होटलमा मस्ती गर्दै


तितोपाटी – अपराध गरेर प्रमाणित भएमा सजायका लागि अभियुक्तलाई कारागारमा थुनिन्छ। कैद सजाय भुक्तान नहुन्जेलसम्म अभियुक्त उपचारबाहेक कुनैपनि अवस्थामा कारागारबाट बाहिर निक्लिन नपाउने नियम छ । धादिङ कारागारका एक कैदी सदरमुकामका होटलमा मस्ती गरिरहेको भेटिएका छन् । यतिखेर जवरजस्ती करणी अपराधमा सजाय भुक्तान गरिरहेका उत्तरी धादिङ रुवीभ्याली गाउँपालिका–४ सेर्तुङका प्रेम तामाङले जिल्ला सदरमुकामको एक होटलमा मस्ती गरिरहेको भिडियो भाइरल भएको छ । रोचक त के छ भने कारागारको कैदीलाई होटलको कोठाभित्र एक महिलासँग छाडिएको छ भने कोठामा बाहिरबाट ताल्चा लगाई कैदीलाइ होेटलमा पुर्‍याउने सादा पोशाकमा रहेका प्रहरी र कारागार सहनाइकेहरू बाहिर बसी रक्सी पिउँदै पहरा दिइरहेका छन् ।

जवरजस्ती करणीको अभियोगमा २०७० जेठ २३ गते जिल्ला अदालत धादिङबाट ११ वर्षको जेल सजाय सुनाइएका प्रेम तामाङ धादिङ कारागारका सहायक नाइकेमध्ये एक हुन् । कारागारका चौकीदार र कारागार प्रशासनको मिलेमतोमा कैदी बाहिर भेटिएपछि कारागारको सुरक्षामा प्रश्न उठेको छ ? ठूलै रकमको चलखेल गरी कारागारभित्रको कैदीबन्दीहरूलाई सुरक्षाकर्मी र चौकीदारको मिलेमतोमा मोजमस्तीको लागि बाहिर लैजाने गरेको तथ्य खुलेको हो । धादिङ कारागारमा लिामो समयदेखि टोक बहादुर तामाङ चौकीदार थिए । अहिले रुपेश चापागाँई चौकीदार छन् ।

गम्भीर बिरामी भएको खण्डमा र कुनै विशेष परिस्थितिको लागि मात्रै कैदीबन्दी बाहिर पठाउने गरेको धादिङ कारागार कार्यलयका निमित्त प्रमुख मदनकुमार श्रेष्ठले बताए । ‘हामीले चिठीपत्र बनाएर सुरक्षाकर्मीहरूको जिम्मा लगाएर मात्रै बाहिर पठाउछौँ, श्रेष्ठले भने–‘उपचारका लागि र विशेष कामको लागि गएका कैदीबन्दीहरू होटलमा भेटिए भने नैतिक जिम्मेवारी त कारागारको हुन्छ तर हामीले सबै जिम्मेवारी सुरक्षाकर्मीलाई दिएका हुन्छौँ । उनीहरूको मिलेमतो हुन सक्छ ।’


सम्बन्धित शीर्षकहरु

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

प्रतिकृयाहरू
...