Tuesday 11th November 2025

धरानमा युवतीहरूलाइ बन्धक बनाइ याैनधन्दामा लगाउनेहरू पक्राउ


तितोपाटी – धरानका होटलमा बन्धक बनाइएका ६ जना युवतीलाई प्रहरीले उद्धार गरेको छ। स्थानीय चारजना होटल संचालकले जबरजस्ती होटलमा बन्धक बनाएर यौन व्यवसायमा लगाएको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धरानको टोलीले ती होटलहरुमा छापा मारी ६ युवतीको उद्धार गरेको डिएसपी ढुण्डिराज न्यौपानेले बताए। उनका अनुसार प्रदेश–१ का विभिन्न जिल्लाहरुबाट युवतीलाई जबरजस्ती होटलमा बन्धक बनाएर होटलमा आउने पाहुनाहरुसँग महँगो रकम लिएर यौन सम्पर्कमा गरिएको थियो।

युवतीहरुलाई बन्धक बनाएर जबरजस्ती यौन कार्यमा लगाएको भन्दै प्रहरीले होटल संचालकहरु दिपेन्द्र श्रेष्ठ, खिसाबहादुर राई, लिला बहादुर बस्नेत र नविन मगरलाई पक्राउ गरेको छ। संखुवासभा, झापा, सुनसरीको चतारकी एकरएक युवती र धरानका तीन युवती सहित ६ जनालाई युद्धार गरि परिवारको जिम्मा लगाइएको उनले बताए। प्रहरीले धरान–७ को होटल एवान, परेली होटल, धरान–९ को होटल साकेला र धरान–१२ को फाइन होटलमा छापा मारेर प्रहरीले बन्धक बनाइएका युवतीको उद्धार गरेको हो।

प्रहरीले धरान आसपासका होटलहरुमा पूर्वी पाहाडी जिल्लाहरुबाट युवती ल्याएर बन्धक बनाई जबरजस्ती यौन क्रियाकलापमा लगाउने गरेको पाइएपछि अन्य होटलहरुमा समेत निगरानी बढाएको छ।

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

प्रतिकृयाहरू
...