Tuesday 17th March 2026

दुवै मृगौला फेल भएका जनक सिङ आलेमगर लाई कुवेतबाट आर्थिक सहयोग


तितोपाटी- कुवेतस्थित कार्यरत समाज सेवी सुन बहादुर तामाङको पहलमा रकम संकलन गरी महोत्तरी जिल्ला बर्दिबास नगरपालिका, ९ निवासी वर्ष ३४ का जनक सिंह आलेमगर लाई ने रु. (एक लाख पचास हज़ार) सहयोग हस्तान्तरण गरीएको छ।

बिगत ६ वर्ष देखी दुवै मृगौलामा समस्या देखिएपछी पिडित मगर, अहिले भक्तपुर स्थित  मानव अंग प्रत्यारोपण केन्द्रमा उपचारर्थ रहेका छन् ।

कुवेतमा कार्यरत सुन बहादुर तामाँगको संयोजनमा कुवेतस्थित कार्यरत नेपाली द्वारा सहयोग संकलन गरेका थिए। अभियानमार्फत् उक्त संकलित रकम नेपाल तामाङ घेदुङ केन्द्रिय सदस्य राम बहादुर लामाको उपस्थितिमा मृगौला पिडितलाइ आज हस्तान्तरण गरिएको अभियानकर्ता सुन बहादुर तामाङले तीतोपाटी लाई जानकारी गराएका छन। पीडित आफु थालिए पछि आर्थिक आय श्रोत नभएकोले आर्थिक स्थिति निकै कमजोर भएको बुझिएको छ ।

बर्दिबास नगरपालिका पशुपपतीनगर निवासी मगर कतारको रोजगारीमा छँदा बिरामी परेका थीए बिरामी परे लगत्तै स्वास्थ्य परिक्षण गर्दा उनको दुबै मृगौला फेल भएको पत्ता लागीसके पछी पिडित मगर ६ बर्ष अघि घर फर्किएका थिए। मगर परिवार आर्थिक रुपमा एकदमै कमजोर रहेकोले थोरै भए पनि सहयोग गर्न सके केहि राहत हुने थियो र अरुले पनि यसरी नै सहयोग गरुँन भन्ने उद्देश्य लिएर उक्त रकम पठाएको बताऊदै अभियानमा आर्थिक सहयोग गरि साथ दिनुहुने कुवेतस्थित कार्यरत दिदीबहिनी तथा दाजुभाईहरु सम्पूर्णलाई अभियन्ता सुन बहादुरले हार्दिक धन्यबाद दिएका छन।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...