Thursday 7th August 2025

बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ घाइते


तितोपाटी – बैतडीको देहीमाण्डौबाट गिरेगाडा जाँदै गरेको ग १ च ४९२१ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुका साथै अन्य ३ जना घाइते भएका छन्। आइतबार बिहान साढे ११ बजे दशरथचन्द नगररपालिका–११, नानीगाडमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दशरथचन्द नगरपालिका–१० बराकोटका स्थानीय देउताल मन्दिरमा पुजाको लागि गएका थिए। मृत्यु र घाइतेको ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी प्रमुख डिएसपी नेत्रमणी गिरीले बताए। सडकबाट करिब डेढ सय मिटर तल जिप खस्दा तिनै जनाको घटनास्थलमा मृत्यु भएको हो। घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

दिल्ली, अगस्ट ६ , भारतले चाँडै नै फिलिपिनी पर्यटकहरूलाई निःशुल्क ई-भिसा प्रदान गर्नेछ, जुन दुई देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ…

उत्तरी भारतको उत्तराखण्ड राज्यको पहाडी गाउँमा मंगलबार बाढीको पानीको बाढीले कम्तिमा चार जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता…

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

प्रतिकृयाहरू
...