Wednesday 11th March 2026

बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ घाइते


तितोपाटी – बैतडीको देहीमाण्डौबाट गिरेगाडा जाँदै गरेको ग १ च ४९२१ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुका साथै अन्य ३ जना घाइते भएका छन्। आइतबार बिहान साढे ११ बजे दशरथचन्द नगररपालिका–११, नानीगाडमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दशरथचन्द नगरपालिका–१० बराकोटका स्थानीय देउताल मन्दिरमा पुजाको लागि गएका थिए। मृत्यु र घाइतेको ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी प्रमुख डिएसपी नेत्रमणी गिरीले बताए। सडकबाट करिब डेढ सय मिटर तल जिप खस्दा तिनै जनाको घटनास्थलमा मृत्यु भएको हो। घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

प्रतिकृयाहरू
...